कोलकत्तामाथि बैंग्लोरको सहज जित
Tuesday, October 13th, 2020, 10:30 am
amit
२७ असोज, काठमाडौं । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले कोलकत्ता नाइट राइडर्समाथि सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा बैंग्लोरले कोलकत्तालाई ८२ रनले हराएको हो ।
शारजाह क्रिकेट रंगशालामा जितका लागि बैंग्लोरले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभर खेल्दा ९ विकेट गुमाउँदै ११२ रन मात्र बनायो ।
कोलकत्ताका लागि शुभ्नम गिलले ३४ रन बनाउँदा आन्द्रे रुसेल र राहुल त्रिपाठीले १६–१६ रन बनाए । कप्तान दिनेश कार्तिक १ रनमै आउट भए ।
बैंग्लोरका क्रिस मोरिस र वासिंग्टन सुन्दरले समान २–२ विकेट लिँदा नवदीप सैनी, मोहमम्मद सिराज, युज्भेन्द्र चाहाल र इसुरु उदानाले१–१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको बैंग्लोरले निर्धारित २० ओभर खेल्दा २ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । बैंग्लोरका एबी डी भिलियर्सले ३३ बल खेल्दै ७३ रन जोडे ।
यस्तै आरोन फिन्चले ४७ रन बनाउँदा कप्तान विराट कोहलीले अजिवित ३३ रन जोडे । देवदत्त पाडिक्कलले ३२ रन जोडे ।
कोलकत्ताका प्रसिद्ध कृष्ण र आन्द्रे रुसेलले समान १–१ विकेट लिए ।
जितसँगै बैंग्लोर ७ खेलबाट १० अंक जोड्दै बैंग्लोर तेस्रो स्थानमा उक्लियो । कोलकत्ता भने ८ अंकसहित चौथो स्थानमा छ ।