राजेश हमाल पनि विवादमा
Tuesday, October 13th, 2020, 1:23 pm
amit
२७ असाेज, काठमाडौं । अभिनेता राजेश हमालको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ विवादमा परेको छ । क्रिस्चियनको लगानीमा हिन्दू धर्मविरोधी कार्यक्रम निर्माण गरेको भन्दै सामाजिक सञ्जाललगायत चारैतिर सो कार्यक्रमको चर्काे विरोध हुन थालेको हो ।
समता फाउण्डेसनले कान्तिपुर टेलीभिजनबाट प्रसारण गर्दै आएको उक्त कार्यक्रम नेपाली समाजको विभेद र छुवाछुतको अत्यका लागि भन्दै सुरु गरेकाे थियो । तर ‘क्रिश्चियन एड नेपाल’को लगानी रहेको कार्यक्रम कार्यक्रम हिन्दू धर्मविरोधी भएको भन्दै विरोध हुन थालेको हो ।
हमालले ‘जातको प्रश्न’ नामको कार्यक्रम तत्काल छोडेर हिन्दू समाजसँग माफी माग्नुपर्ने अवाजसमेत उठ्न थालेका छन् ।
यस्तै सामाजिक सञ्जालमा मात्र नभएर सोमबार राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाडौंको भिमसेन गोलामा जम्मा भएका हिन्दू समर्थकहरुले हमालको पुत्ला जलाउँदै चर्काे विरोध गरे ।
कार्यक्रममार्फत हमालले नेपाली हिन्दू समाजको बदनाम गरिहेको अभियानका राष्ट्रिय संयोजक विनय यादवले बताउँदै आएका छन् ।
नेपाली समाजमा फाटो ल्याउने र ८० प्रतिशतभन्दा बढी हिन्दुहरुको बसोबास रहेको देशमा उनीहरुलाई बदनाम गर्नेगरी सुरु गरिएको कार्यक्रम तत्काल बन्द गराउनुपर्ने माग यादवको रहेको छ ।