आईपीएल : हैदराबादमाथि चेन्नईको जित
Wednesday, October 14th, 2020, 7:16 am
amit
२८ असोज, काठमाडौं । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई हराएको छ । मंगलबार राति भएको खेलमा चेन्नईले हैदराबादलाई २० रनले हराएको हो ।
दुबई रंगशालामा भएको खेलमा चेन्नईले दिएको १६८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभर खेल्दा ८ विकेटको क्षतिमा १४७ रन बनायो ।
हैदराबादका केन विलियमसनले ५७ रनको अर्धशतकीय पारी खेले । जोनी बैरस्ट्वले २३ रन बनाउँदा प्रियम गार्गले १६ रन बनाए । रशिद खानले १४ रन जोड्दा विजय शंकरले १२ तथा कप्तान डेभिड वार्नर ९ रन जोडे ।
चेन्नईका कर्ण शर्मा र ड्वाने ब्राभोले २–२ विकेट लिए भने साम कुरान, रवीन्द्र जडेजा र शार्दूल ठाकुरले १–१ विकेट लिए
त्यसअघि टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभर खेल्दा ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो ।
चेन्नईका शेन वाटसनले ४२ रन बनाए भने अम्बाती रायडूले ४१ रन जोडे । यसैगरी साम कुरानले ३१ रन बनाउँदा वीन्द्र जडेजाले अजिवित २५ रन जोडे । कप्तान महेन्द्र सिंह धोनीले २१ रन जोडे भने दीपक चाहरले अजिवति २ रन बनाए ।
हैदराबादका टी नटराजन, सन्दीप शर्मा र खलील अहमदले समान २–२ विकेट लिए ।
जारी आईपीएलको पहिलो भेटमा चेन्नईलाई हैदराबादले सात रनको झिनो अन्तरले पराजित गरेको थियो ।
जितसँगै ८ खेलबाट ६ अंक जोडेको चेन्नई अंक तालिकाको छैटौं स्थानमा छ । हैदराबाद भने समान अंकसहित पाँचौं स्थानमा छ ।