अदूवा चिया पिउनुका छन् फाइदै फाइदा
Wednesday, October 14th, 2020, 7:28 am
amit
२८ असाेज, काठमाडाैं । बिहानै उठ्नेबित्तिकै धेरैजसो व्यक्तिहरू चियाका सौखिन हुन्छन् । विभिन्न प्रकारको चियाहरूमध्ये अदूवा हालेको चिया पिउँदा शरीरमा निकै फाइदा हुन्छ ।
किनकि, अदूवा आफैँमा एक औषधिको गुण भएको मसला हो । अदूवामा जिंगेरोल, भिटामिन सी, क्रोमियम, म्याग्नेसियम तथा जिंक जस्ता तत्व पाइन्छ ।
अदूवाले रक्त प्रवाहलाई नियमित र सन्तुलित बनाएर रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । अदूवा चियाको सेवनले पाचन प्रक्रियालाई सक्रिय पारी ग्यास्ट्रिक, कब्जियत जस्ता पेटसम्बन्धी विभिन्न रोग लाग्न दिँदैन ।
कब्जियत हटेर जाने हुँदा अरुचिको समस्या हटाएर छिट्टै भोक लाग्ने गर्छ । यसले बारम्बार उल्टी हुने समस्यालाई समाधान गरेर पेट दुख्न दिँदैन ।
अदुवा चियाले शरीरमा ऊर्जा प्रदान गरी पुरानो रुघाखोकीलाई समेत निको पारेर घाँटीमा कफ जम्न र मुखबाट गन्ध आउन दिँदैन ।
अदूवा चियाले छालालाई सफा चमकदार र चाउरी हुनबाट बचाएर जवान देखाउँछ ।
अदूवा चियाले रक्त प्रवाहलाई सन्तुलित राखी रगतमा सुगरको मात्रा नियन्त्रण गर्नुका साथै रगतमा कोलेस्ट्रोलको मात्रा कम गरी मुटुरोगको जोखिम कम गराउँछ ।
अदुवामा एन्टी ब्याक्टेरियल र एन्टी अक्सीडेन्टको गुण हुन्छ । जसले धेरै रोगहरुबाट बच्न मद्धत गर्छ । जाडो मौसममा हुने विभिन्न किसिमको संक्रमण र एलर्जी बाट बचाउँछ । हाड जोड्नीको दुखाईको समस्या भएका व्यक्तिलाई अदुवाले धरै फाइदा गर्दछ ।
अदुवामा रहेको भिटामिन, खनिज र एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो बनाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ।
दिकदार र तनाब बाट बच्न अदुवाको चिया एकदमै फलदायी हुन्छ । जाडो मौसम र व्यस्त जीवनशैलीमा अदुवा एक सबै भन्दा राम्रो औषधl बन्न सक्छ।