राजेशपायल राईको ”सम्झना भो गाउँघरको” सार्वजनिक (भिडियोसहित)
Tuesday, December 1st, 2020, 10:39 am amit
काठमाडाैं, १६ मंसिर । “राई इज किंङ’को रुपमा परिचित गायक राजेश पायल राई र सुमधुर आवाजकी धनी गायिका कल्पना राईको आवाजमा रहेको मौलिक लोक गीत ”सम्झना भो गाउँ घरको”को भिडियो सार्वजनिक भएको छ ।
आफु जन्मिएको मातृभुमी गाउँको वर्णन गीतमा निकै आकर्षक रुपमा गीतकार जानुका राईले गरेकी छन् । खोटाङ जिल्लाको विभिन्न रमणीय स्थानमा खिचिएको भिडियोमा ग्रामिण परिवेशमा रहेका आम प्रेमिल जोडीको भावनालाई गीतमा देखाइएको छ ।
खोटाङ जिल्लाको विभिन्न पर्यटकीय स्थानलाई पर्यटन प्रवर्द्धन गर्ने अभिप्राय साथै मौलिक लोक सस्कार र सस्कृतिलाई जर्गेना गर्ने कार्यमा ”सम्झना भो गाउँ घरको” गीतले केही भएपनी मद्धत गर्नेमा आफू आशावादी भएको गीतकार जानुकाले बताइन् ।
गंगराज राईको संगीत तथा नोरवु शेर्पाको एरेन्ज गीतमा रहेको छ । मुकेश हुमागाईँको छायाँकन ,मान बहादुर थापाको सम्पादन तथा नेपाली मौलिक धारका गीतको सफल रुपमा निर्देशन गदैँ आएका परिचित निर्देशन जसबहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ ।
भिडियोमा निर्देशक जसबहादुर याक्खा जसु , समीक्षा याक्खा, कल्पना राई , सुरेन्द्र प्रकाश सुहाङ , पवित्रा राई लिम्बु , संजिव राई , पवन राई , हरिचन्द्र राई , यलम्बर राई , निला राई , सम्पुर्ण राई , विपना परियार , कृतिका राई साथै रुपमिला राईको अभिनय साथै बाल कलाकारको भुमीकामा एडरिना याक्खा , जष्टिन याक्खा साथै लुङमा लिम्वुको जिवन्त अभिनय रहेको छ ।