नयाँ मोडमा गण्डकी प्रदेशको सत्तासमिकरण
Thursday, June 10th, 2021, 8:11 pm
Kalpristha
कालपृष्ठ डेक्स
नेपालगन्ज, २७ जेठ
विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेश सरकारको सत्तासमिकरणले नयाँ मोड लिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली निकट पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारले विश्वासको मत पाउन नसकेपछि ढलेको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा २७ मत आएको थियो भने बिपक्षीमा ३० मत परेको थियो ।
सरकारलाई विश्वासको मत प्राप्त गर्नका लागि गण्डकी प्रदेशमा ३१ मत आवश्यक थियो । प्रदेश सभामामा ५८ जना उपस्थित भएपनि ५७ जनाले मतदान गरेका थिए । जनमोर्चाका एक सासद तटस्थ बसेका थिए । गण्डकी प्रदेशमा नेकपा ओली नेतृत्वको सरकार थियो ।
एमालेका सासदले विश्वासको पक्षमा मतदान गरेपनि नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चाले बिपक्षीमा पतदान गरे । एक जना स्वतन्त्रण रहेका सासद राजिव गुरुङले मतदानमा भाग लिएनन ।
अब शुक्रबार विहान ११ बजेदेखी गण्डकी प्रदेश सभाको बैठक बस्ने तयारी भैरहेको छ । गत वैशाख २ गते पनि कांग्रेसको नेतृत्वमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेस भएको थियो । तर यस बारेमा मतदान हुन सकेको थिएन । गण्डकी प्रदेश सरकारको सत्तासमीकरणमा मनाङबाट विजयी भएका स्वतन्त्र सासद दिपक मनाङ भनिने राजीव गुरुङ मत निर्णायक बनेको थियो । उनले कांग्रेसको गठबन्धनमा रहेको टिमलाई सहयोग भन्दै तटस्थ बसेपछि बिपक्षी गण्ठबन्धनलाई आवश्यक पर्ने (३१ मत) बहुमत पुग्ने देखिन्छ । जसले गण्डकी प्रदेशमा रहेको पृथ्वीसुब्बा गुरुङको सरकार ढल्न पुगेको छ ।