शुक्रबार देशभर ६७ जना संक्रमितको मृत्यु
Friday, June 11th, 2021, 8:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ जेठ
शुक्रबार बाँकेका १० जनामा कोरोना संक्रमण पुष्टि भएका छ भने २६ जना संक्रमण मुक्त भएका छन ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार पाँच महिला र पाँच पुरुषमा संक्रमण पुष्टि भएको हो । जसमा भेरी अस्पतालबाट ६ जना, मेडिकल कलेज कोहलपुरबाट एकजना र बागेश्वरी ल्याबबाट तीनजनामा संक्रमण पुष्टि भएको केन्द्रले जनाएको छ । साथै निको हुनेमा महिला १३ जना र पुरुष १३ जना रहेका छन् ।
योसँगै जिल्लामा हालसम्म १७ हजार तीन सय १७ जनामा संक्रमण पुष्टि भैसकेको छ । १६ हजार सात सय ५४ जना संक्रमण मुक्त भैसकेका छन । शुक्रबार जिल्ला बाहिरका ६६ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी बाँके जिल्लामा थप एकजना संक्रमित पुरुषको मृत्यु भएको छ भने जिल्ला बाहिरका महिला एकजना र दुई पुरुषको पनि मृत्यु भएको केन्द्रले जनाएको छ । हालसम्म जिल्लामा बाँकेका तीन सय ६ जना र बाहिरका दुई सय ३९ जना संक्रमितको मृत्यु भई सकेको छ ।
यसैगरी देशभरका विभिन्न स्थानबाट तीन हजार सात सय ५० जनामा संक्रमण पुष्टि भएका छ । पाँच हजार दुई सय २५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
साथै देशमा थप ६७ जना संक्रमितको मृत्यु भएको छ । देशभरमा हालसम्म आठ हजार तीन सय पाँचजनाको मृत्यु भइसकेको छ । हाल नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।