पाँच दिनमा बाढी, पहिरो र डुबानबाट १६ जनाको मृत्यु
Friday, June 18th, 2021, 8:51 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, ४ असार
पछिल्लो पाँच दिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ । अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा तीन-तीन तथा सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, प्युठान र बाजुरामा एक-एक जना रहेको गृह मन्त्रालयले जनाएको छ ।
बाढी, पहिरो र डुबानमा परी अहलिेसम्म १६ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीमध्ये १० पुरुष चार महिला र दुई बालिका छन् । बेपत्ता २२ मध्ये सबैभन्दा बढी सन्धिुपाल्चोकमा २० जना छन् । बाजुरा र रुपन्देहीमा एक-एक जना बेपत्ता रहेका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ ।
बाढी तथा पहरिोमा परेका सन्धिुपाल्चोकमा ९४ र सल्यानबाट आठ जना गरी १०२ जनाको उद्धार भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै, यार्सागुम्बा टिप्न गएका मनाङका ७० जनाको पनि शुक्रबार नै उद्धार भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक सुरक्षाकर्मीको सहयोगमा सञ्चालनमा ल्याइएको छ । साथै, वर्षाका कारण दार्चुला, हुम्ला, सुर्खेत, कालकिोट, सल्यान, दैलेखलगायतका जिल्लामा पहिरो गई अवरोध भएको सडक खुलाउने प्रयास जारी छ ।
झण्डै दुई हजार विस्थापित
बाढी पहिरोका कारण अहिलेसम्म १९९ वटा घरमा क्षति भएको छ । कुल १२ वटा पुल, एक विद्यालय र सात सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको छ ।
प्राप्त विवरण अनुसार ५२८ घरका एक हजार ७६० जना मानिस विस्थापति भएको प्रहरी प्रवक्ता कुँवरले बताए । प्रहरीका अनुसार यहीबीचमा ५१६ पशु चौपायको मृत्यु भएको छ ।
बाढी र पहिरोको कारण सिन्धुपाल्चोकका इलाका प्रहरी कार्यालय हेलम्बु र प्रहरी चौकी तालामाराङ स्थानान्तरण गरिएको छ । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी सक्रिय रहेका छन् ।
बाढीपहिरोको जोखिममा रहेका विभिन्न जल्लिाका मानसिलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकाल्ने कार्यमा स्थानीयवासी, प्रशासन र जनप्रतनिधिको समन्वय र सहयोगमा तीन वटै सुरक्षा निकाय सक्रिय भएर लागेका छन् । उद्धारका साथै राहत वितरण कार्यसमेत जारी रहेको जनाइएको छ । रासस