२ सय युवालाई रोजगारीमा जोड्दै खजुरा
Sunday, June 27th, 2021, 8:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १३ असार
खजुरा गाउँपालिकाले र ४० जना युवालाई व्यवासाय संचालनका लागि जनही ४० हजार अनुदान रुकम वितरण गरेको छ । खजुरा गाउँपालिकाले हेफर प्रोजेक्ट नेपालको सहकार्यमा उनीहरुलाई बाख्रा र बंगुर पालनका लागि उक्त रकम वितरण गरेको जनाएको छ । उक्त कार्यक्रमको इन्रुडेकले समन्वय गरेको छ । परियोजना ३ वर्षसम्म संचालन हुने जनाइएको छ ।
युवा उद्यमीलाई अनुदान रकमको चेक हस्तान्तरण गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले युवा उद्यमीलाई अनुदान रकमको चेक हस्तान्तरण गर्दै २ सय युवाहरूलाई उधमशिलता अन्तरगत ३ वर्षमा गाउँपालिकाले ५ करोड रुपैयाँ लगानी गर्ने बताए । उनले बाख्रा, बंगुर र ट्रकी पालनमा जोड दिएकोमा हाल बाख्रा र बंगुर पालनको मात्र माग भएको बताए । चालू आर्थिक वर्षमा ४० जनालाई बाख्रा र बंगुर पालनका लागि ४० हजारका दरले दिइएकोमा आगामी दिनमा २ सय जनामा विभिन्न व्यवसाय संचालनका लागि उक्त कार्यक्रम संचालन गरिने उनले बनाए । निर्वाचित भएको ४ वर्षमा १०१ बुँदे घोषणापत्रमा ६८ बुँदा पूरा गरेको पनि उनले जानकारी दिए ।
अध्यक्ष कक्षपतिले कोभिडले विकास र नियमितमा काममा प्रभाव पारेकोले ग्रीन सिटीको २ अर्बको प्रोजेक्ट अगाडि बढ्न नसककोमा निकट भविष्यमा अगाडि बढने बताए । उक्त कार्यक्रम अन्तरगत आमा, बहिनी समूह गठन र आधाशिला तालिम दिइने छ । खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले युवाहरूलाई उद्यमी बनाउने उद्देश अनुरुप युवाहरूलाई अनुदान दिइएकोमा व्यवसायिक योजना बनाएर अगाडि बढ्न आग्रह गरिन । उनले भनिन् ॅयोजना बिना कार्यक्रम सफल नहुँने भएकाले व्यवसायिक योजनाका साथ अगाडि बढ्नु पर्छ । उनले आधाशिला तालिमले परियोजनाको उद्देश्य पूर्ति गर्नेमा विश्वास व्यक्त गरिन ।’