दंगल गर्लसँग रेस्टुरेन्टमा भेटिए आमिर खान
Thursday, February 2nd, 2017, 4:14 am
amit
मुम्बई- बलिउड अभिनेता आमिर खान केही दिनदेखि मुम्बई र मिडियाबाट टाढा भएका थिए । आफ्नो फिल्म दंगलले किर्तिमान सफलता हासिल गरिरहँदा उनी सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।
हराएका आमिर हालै भेटिएका छन् एउटा रेस्टुरेन्टमा । मुम्बईको बान्द्रा इलाकामा रहेको रेस्टुरेन्टमा मंगलबार दंगल गल्र्ससँग डिनर खाँदै गरेको अवस्थामा उनी फेला परेका हुन् ।
अमिर फातिमा र सान्यालाई एकै साथ देख्दा विभिन्न अड्कल काट्न थालिएको छ ।
केहीको अनुमान छ कि उनी फेरि एक चरण दंगलको प्रमोसनमा जुटेन्छन् ताकि फिल्मले ४ सय करोडको आँकडा पार गरेर हत्पत्ति कसैले तोड्न नसक्ने रेकर्ड राखोस । अर्का थरीको अनुमान चहिँ के छ भने अमिर खानको आगामी फिल्ममा पनि यी दिदीबहिनी हुनेछन् र त्यसैका लागि तयारी भइरहेको छ ।
त्यसो त दंगल २ को अफवाह पनि फैलिन थालिसकेको छ । यसबारेमा अमिरले कहिले मुख खोल्ने हुन् प्रतिक्षाको विषय बनेको छ । स्मरणीय के छ भने अमिर अहिले आफ्नो आगामी फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को भूमिकालाई लिएर यति गम्भीर छन् कि उनी सबैबाट टाढिएर ट्रेनिङ क्याम्पमा पुगेका थिए । तर दंगल गर्लसँग देखिनुले उनी भित्रभित्र अर्कै तयारी गरिरहेको पनि हुन सक्ने अनुमान गरिदै छ ।