अदालतको आदेशप्रति ओलीको असन्तुष्टि
Tuesday, July 13th, 2021, 3:53 pm
Kalpristha
कालपृष्ठ डेस्क
काठमाडौं, २९ असार
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट बर्हिगमन हुँदै गर्दा टेलिभिजन सम्बोधन गरेका छन् । सम्बोधनमा ओलीले अदालतको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने भएकाले सर्वोच्चका फैसला पालना गरे बताएपनि प्रतिनिधिसभा विघटन मुद्दामा गरेको फैसलाप्रति असन्तुष्टि जनाएका हुन् । सर्वोच्चको फैसलाले राज्यका मुख्य तीन अंगबीचको सन्तुलन खल्बल्याएको भन्दै ओलीले त्यसको समीक्षा भविष्यमा हुने बताए ।
संविधानको धारा ७६ को उपधारा ५ मा ह्वीप नलाग्ने लगायतबारे सर्वोच्चले गरेका फैसलालाई लिएर उनले असन्तुष्टि गरेका हुन् । उनले फैसलाका भाषालाई लिएर पनि असन्तुष्टि जनाएका छन् । फैसलाका कतिपय प्रावधान र त्यहाँ प्रयोग भएका भाषा-शैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तित तुल्याएको ओलीको भनाई थियो । ओलीले संसद्को पूणर् कार्यकाललाई लिएर शंका व्यक्त गरेका छन् । अदालतले आफ्नाबारेमा धेरै प्रश्न उठाएको भन्दै ओलीले लोकतन्त्र आफ्ना लागि जीविकाको विषय नभएर जीवनको विषय भएको दाबी गरे । सम्बोधनको अन्तमा उनले भनेका छन् ॅकेही समय बादल लागेपनि फेरि घाम लाग्नेछ ।’