लुम्बिनीका स्वास्थ्यकर्मी तथा कर्मचारीले थप ५० प्रतिशत जोखिम भत्ता पाउने
Tuesday, July 13th, 2021, 7:49 pm
Kalpristha
कालपृष्ठ डेस्क
बुटवल, २९ असार
लुम्बिनी प्रदेश सरकारले कोरोना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशका चारवटा कोरोना अस्पतालमा कार्यरत स्थायी र करार कर्मचारीलाई जोखिम भत्ता दिने निणर्य गरेको हो ।
प्रदेशका कोरोना अस्पतालमा कार्यरत चार सय बढी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना नियन्त्रण तथा रोकथाम कोषबाट भत्ता प्रदान गरिने निणर्य गरिएको हो । संघीय सरकारले पनि फ्रन्टलाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी लगायतलाई जोखिम भत्ता दिंदै आएको छ ।
यस्तै मन्त्रिपरिषद् बैठकले घरजग्गाको न्यूनतम मूल्य निर्धारण नियमावली-२०७८ लाई स्वीकृत गरेको छ । यस्तै प्रदेश सहकारी बोर्डमा दाङका शम्भु गौतमलाई पदस्थापन गर्ने निणर्य पनि बैठकले गरेको छ । पाल्पाका धनेन्द्र गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
मन्त्रीपरिषद्ले प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक प्रदेशसभा समक्ष पेश गर्न बैठकले स्वीकृति पनि प्रदान गरेको छ । प्रदेश तथ्याङ्क नियमावली २०७८ र प्रदेश राजपत्रमा शुल्क तथा दररेट प्रकाशन गर्न पनि बैठकले स्वीकृति प्रदान गरेको छ ।
यो पनि पढ्नुहोस् :
स्वास्थ्यकर्मीले पाएनन् उचित प्रोत्साहन |