जसपाका १९ सासदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय
Sunday, July 18th, 2021, 4:15 pm
Kalpristha
कालपृष्ठ डेक्स
जनता समाजवादी पार्टी(जसपा) उपेन्द्र यादव समुहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बसेको बैठकमा १९ जना सांसद उपस्थित भएका थिए । यसअघि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावको पक्षमा यादव पक्षका १२ जनाले हस्ताक्षर गरेका थिए । आइतबार बसेको बैठकमा भने महन्थ ठाकुर पक्षका ६ सांसद बैठकमा उपस्थित हुँदै शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयमा हस्ताक्षर गरेका छन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिनका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता गरेका छन । पुनस्थापित प्रतिनिधि सभाको बैठक आइतबार बोलाइएको छ ।
संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त बनेका देउवाले एक महिनाभित्र संसदमा विश्वासको मत लिनु पर्छ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूको समर्थनमा प्रधानमन्त्री बनेका देउवाले पुनस्र्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिने तयारी गरेका हुन । प्रतिनिधि सभा नियमावलीमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव दर्ता गराएपछि सभामुखले समय र मिति तोक्ने व्यवस्था छ। सभामुखले आजै दोस्रो बैठक राखेर विश्वासको मत लिने प्रस्ताव अगाडि बढाउनेछन ।
एमालेका सांसदहरुको मत नपाउने भने हो प्रधानमन्त्री देउवाले विश्वासको मत पाउँदैनन र फेरि प्रतिनिधिसभा विघटन हुन्छ । हाल कायम २७१ सदस्यीय प्रतिनिधिसभाको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन । एमालेका सांसदको समर्थन बिना देउवाले विश्वासको मत लिन सक्दैनन । चौथो ठूलो दल जनता समाजवादी पार्टी जसपामा विवाद छ । निर्वाचन आयोगमा आधिकारिता विवाद चलिरहेको यो पार्टीका ३२ सांसद एक ठाउँमा उभिएर देउवालाई मत हाल्ने सम्भावना कम छ ।
बैठकमा उपस्थित सांसहरुको नामावली यसप्रकार रहेको छ ।