अक्षय कोषबाट सहयोग
Monday, July 19th, 2021, 10:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ साउन
नेपालगन्जकी उद्यमी, साहित्यकार एवं समाजसेवी दिला शाहले आफ्ना माता, पिताको सम्मानमा स्थापना गरेको अक्षय कोषबाट एक महिलालाई सहयोग गरेकी छन् । मानदेवा परोपकारी कोषबाट बाँसगढी बर्दिया घर भई हाल नेपालगन्ज-१२ मा बस्दै आएकी लक्ष्मी बुढालाई व्यवसाय सञ्चालन सहयोगका लागि १० हजार सहयोग गरिएको शाहले जानकारी दिइन् ।
आर्थिक अवस्था कमजोर भएकी बुढाका श्रीमान १ वर्षदेखि सम्पर्कविहीन छन् । बुढाले नेपालगन्जमा ठेलामा पसल सञ्चालन गरिरहेकी छन् । शाहको जन्म दिन साउन ३ गते कोषबाट विभिन्न व्यक्तिहरुलाई सहयोग प्रदान गरिदै आएको छ । नेपालगन्जमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रमका अतिथी बासका सल्लाहकार बरिष्ठ पत्रकार पूणर्लाल चुके, कानुनी सल्लाहकार अधिबक्ता लोकबहादुर शाहले बुढालाई सहयोग हस्तान्तरण गरेका थिए ।
शाहले आफ्ना जीवन साथी दिनेश चन्दसँगको सहकार्यमा आफ्ना बुवा मानबहादुर शाह र मुवा देवा शाहको सम्मानमा २०७४ पौष २१ गते बासको संरक्षकत्वमा मानदेवा परोपकारी अक्षय कोष स्थापना गरेकी थिइन् । ३ लाख ८० हजार ९ सय ९८ रुपैयाँको अक्षय कोषमा शाहले १ लाख रुपैयाँ पनि थप गरेकी छन् । उक्त कोषबाट बालबालिका, हिंसामा परेका महिला, अशक्त व्यक्ति र बालगृहलाई सहयोग गरिँदै आएको छ ।