डेंगुको लक्षण र यसबाट बच्ने उपाय
Wednesday, July 21st, 2021, 2:05 pm
Kalpristha
डेंगुको ज्वरो वा बच्न लामखुट्टेको टोकाइबाट बच्नु तथा लामखुट्टेको वृद्धि रोक्नु पर्छ । पानी जम्न सक्ने भाडाहरु जस्तै गमला फुलदान खाली बट्टा अलकत्रा वा मट्टितेल खाली ड्रमहरु गाडीका काम नलाग्ने टायहरुमा पानी जम्न नदिने । पानीका ट्यांकी लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने । कुलरको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हाली दिने साथै जम्मा भएको पानी सफा गर्ने । फुलदानीमा भएको पानी हप्तामा दुई पटक फेर्ने । लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्ना बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउन पर्छ ।
डा. केदार कार्की
डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसबाट संक्रमित भएको एडिस रजिष्टाइ जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।
यसले स–साना पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । खासगरी वर्षाको पानी जस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फुलदानी गमला, पानीका ट्याङ्की आदिमा यसले फूल पार्दछ । शहरी क्षेत्रमा यस्ता वस्तुहरु पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे शहरमा बढी देखिने गरेको पाइन्छ ।
डेंगु एडिस एजिप्टाइ र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव भाइसल संक्रमण हो । यो भाइरस डेंगु–१, डेंगु–२, डेंगु–३ र डेंगु–४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखुट्टे कालो रंगको हुन्छ जसमा सेतो थोप्ला पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औंलो उत्पादन गर्ने लामखुट्टे फोहोर पानीमा पाइने भएपनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फूल पार्छ ।
डेंगु रोग क्लासिक डेंगु हेमोरहेजीक र सोके सिन्ड्रोम गरी तीन प्रकारका छन् । डेङगी गल्तीले डेंगु भनि लेखिने ज्वरो लामखुट्टेको टोकाइ सर्ने र शितोष्ण र समसीतोष्ण भू–भागमा फैलिने रोग हो । यो रोग डेङ्गी भाइरसका कारण लाग्ने गर्दछ । सामान्यतया डेङ्गी भाइरसको संक्रमण भएको तीन दिनदेखि चौध दिनपछि यसका लक्षणहरु देखिन्छ । यसका प्रमुख लक्षणहरु ज्वरो आउने, टाउको दुख्ने, वान्ता हेन, मांसपेशी तथा जोर्नीहरुमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् ।
यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्छ । केही बिरामीहरुमा यो रोग डेङ्गी हेमोरेजिक फिवर विकसित भएर रक्तश्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ । यो अवस्थामा रक्तश्रावमात्र हुने नभई रगतमा प्लेटलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्दछ । त्यस्तै डेंगुको अर्को विकसित रुप हो । डेंगु सक सिन्ड्रोम पनि हो । यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ । डेंगु धेरै प्रजातिको लामखुट्टेहरुको माध्यमबाट मानिसहरुमा सर्न सक्दछ ।
यो रोगका भाइरसहरु पाँच प्रकारका छन् । यीमध्ये कुनै एकको संक्रमण भएमा हाम्रो शरीरले जीवन भरीका लागि त्यस प्रजातिको भाइरसविरुद्ध प्रतिरोध क्षमता प्राप्त गर्छ । तर यस्तो प्रतिरोध क्षमताले अन्य प्रजातिको भाइरसविरुद्ध छोटो अवधिका लागिमात्र काम गर्छ । एकपछि अर्कोगरी लगातार हुने संक्रमणले गम्भीर खतरालाई बढावा दिन्छ ।
डेंगुको पहिचाको टुङ्गो लगाउन धेरै परिक्षणहरु उपलब्ध छन् । यस्ता परिक्षणहरुमा विरामीको रगतमा डेंगुको भाइरसविरुद्ध शरीरले पैदा गर्ने एन्टीबडी वा उक्त भाइरसको आरुएनए पत्ता लगाउने गरिन्छ । केही देशहरुमा डेंगुको संक्रमणबाट बचाउनका लागि एउटा खोपलाई मानयता दिइएको छ । तर अहिलेसम्म यसको व्यापारिक उत्पादन गरिएको छैन ।
डेङगीबाट बच्न लामखुट्टेको वासस्थानहरु नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नु पर्छ । यसका लागि मानिसको बसोबास क्षेत्रमा अनावश्यकरुपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा शरीरको सबै भाग छोप्ने कपडा लगाउने गर्न सकिन्छ । भर्खरै देखा परेको मन्द वा मध्यम खालेको डेंगु छ भने मुखबाट वा नशाबाट तरल पदार्थ दिएर उपचार गरिन्छ । गम्भीर खालको डेंगुको उपचार गर्न बिरामीलाई रगत दिनु आवश्यक हुन्छ । यो रोगको कारणले प्रत्येक वर्ष विश्वमा पाँच लाख मानिसहरु अस्पताल भर्ना हुने गरेका छन् । डेंगु लागेको बेलामा इबुप्रोफिन जस्ता ननस्टेरोइडल एन्टी इन्फ्लामेन्टरी औषधि प्रयोग गर्नु हुँदैन ।
डेंगु दोश्रो विश्व युद्धको समयदेखि विश्वव्यापी रुपमा समस्या बनेको हो । हाल यो रोग विश्वका एक सय १० देशहरुमा व्याप्त छ । प्रत्येक वर्ष यो रोगका कारण करीब पाँच करोडदेखि पाँच करोड २८ लाख मानिसहरु बिरामी पर्ने गरेका छन् । जसमध्ये करिब १० देखि २० हजार मानिसहरुको मृत्यु हुने गरेको छ ।
डेंगुको महामारीको बारेमा सन् १७७५ मा लिखित तथ्य भेटिएको छ । यो रोग भाइरसका कारण लाग्ने र लामखुट्टका कारणले सर्ने गरेको तथ्य बीसौं शताब्दी मै पत्ता लागेको थियो । लामखुट्टेलाई निर्मुल पार्न असम्भव जस्तै भएकोले सिधंै भाइरसलाई नियन्त्रण गर्न औषधिहरुको बारेमा पनि अध्ययन भई रहेको छ ।

लक्षण तथा चिन्हहरुः
सामान्यतया डेंगु भाइरसको संक्रमण भएका करिब ८० प्रतिशत मानिसहरुमा रोगको कुनै लक्षण देखिदैनन् वा देखिए पनि हल्का ज्वरो जस्ता सामान्य खालका लक्षणमात्र देखिन्छ । संक्रमित मध्ये ५ प्रतिशत मानिसहरुमा गम्भीर प्रकारको डेंगु लाग्ने गर्छ भने तीमध्ये पनि निकै कम मानिसहरु यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन् । यो रोग छिप्पन ३ देखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीहरुमा यो रोगले चारदेखि सातदिनमा नै पूर्णता पाउँछ । त्यसैले डेंगुको जोखिममा रहेका स्थानमा गएर फर्किएका मानिसहरुमा घर पुगेको १४ दिनपछि डेङ्गी वा अन्य लक्षण देखा पर्ने सम्भावना हुँदैन ।
प्रायजसो बालबालिकामा डेंगुको संक्रमण हुँदा सामान्य रुघा तथा संक्रामक पखाला भएको जस्तै लक्षणहरु देखिने गर्दछन् । त्यस्तै बालबालिकाहरुमा विभिन्न जटिलताहरु देखा पर्ने जोखिम पनि तुलनात्मक रुपमा बढी नै हुन्छ । सुरुवातमा यसका अन्य लक्षणहरु मन्द खालका भएपनि उच्च ज्वरो पनि देखा पर्दछ । डेंगुको पहिचानको लागि मुख्य लक्षणहरु अचानक ज्वरो आउने टाउको दुख्ने साधारणा तथा आँखाको पछाडी दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने आदि हुन् । डेंगुका रोगीहरुको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ ।
यो रोग लागेको अवधिलाई तीन चरणमा विभाजन गरिएको छः लक्षण् शुरु हुने अवस्था फेब्राइल, गम्भीर अवस्था क्रिटीकल तथा निको हुने अवस्था रिक्भरी । लक्षण शुरु हुने अवस्थामा ४० डिग्री सेल्सियस भन्दा पनि उच्च ज्वरो आउने शरीरमा पिडा महशुश हुने तथा टाउको दुख्ने जस्तो लक्षण देखिन्छन् ।
यो अवस्था प्राय जसो दुई दिनदेखि सात दिनसम्म रहने गर्दछ । वाकवाकी लाग्ने तथा वान्ता हुने पनि हुन सक्दछ । डेंगुको संक्रमण भएका ५०–८० प्रतिशत बिरामीहरुमा लक्षण देखिन शुरु भएको पहिलो वा दोश्रो दिनमा छाला रातो तथा तातो हुने समस्या देखा पर्न सक्छ । पछि बढ्दै गएर दादुरा लागेको जस्तो स–साना फोकाहरु देखा पर्छन् ।
रातोको बीचमा सेतो हुने फोका पनि देखिन सक्दछ । यस्ता फोकाहरुलाई अङ्ग्रेजीमा आइसल्याण्ड अफ ह्वाइट इन असी आफ रेड (रातो समुन्द्रमा गोराहरुको टापु) भन्ने गरिन्छ । यो अवस्थामा शरीरमा हुने कोशीकाहरु फुटेर छालामा स–साना थोप्लाहरु देखा पर्ने र मुख र नाकका म्युकस मेम्बे्रनबाट सामान्य रक्तश्राव हुने लक्षण पनि देखा पर्दछन् ।
डेंगुको ज्वरो वा बच्न लामखुट्टेको टोकाइबाट बच्नु तथा लामखुट्टेको वृद्धि रोक्नु पर्छ । पानी जम्न सक्ने भाडाहरु जस्तै गमला फुलदान खाली बट्टा अलकत्रा वा मट्टितेल खाली ड्रमहरु गाडीका काम नलाग्ने टायहरुमा पानी जम्न नदिने । पानीका ट्यांकी लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने । कुलरको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हाली दिने साथै जम्मा भएको पानी सफा गर्ने । फुलदानीमा भएको पानी हप्तामा दुई पटक फेर्ने । लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्ना बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउन पर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्दछ साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।
लामखुट्टेको टोकाइबाट बच्त लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ । घरकै झ्याल ढोकामा जाली लगाउन उपयुक्र हुन्छ । घर वरीपरी सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ । स्वास्थ्य संस्थामा यसको लक्षण अनुसार उपचार गरिन्छ । डेंगु ज्वरो विरुद्धको खोप र खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाईबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डेंगु ज्वरोको शङ्का लागेमा हुन सक्ने जटिलता बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्छ ।