बाढी पीडितका लागि आएको रकम खोजी गरिने
Wednesday, July 21st, 2021, 10:34 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ साउन
२०७१ सालमा बाँके, बर्दिया र दाङमा बाढीले ठूलो क्षति पुर्याएको थियो । उक्त बाढीका कारण सयौं बढी व्यक्तिका घर पूणर्रुमा क्षति भयो भने हजाराँै व्यक्ति प्रभावित भएका थिए । तर सरकारले सोही समयमा बाढी पीडितका लागि दिने भनेको राहत भने अहिलेसम्म पीडितले पाएका छैनन् ।
सरकारले सोही समयमा केही बाढी पीडितलाई ५० हजार रुपैयाँका दरले पहिलो राहत वितरण गरेको थियो । तर सोही रकमपनि सम्पूणर् पीडितले पाउन नसकेको लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिका अध्यक्ष जगदिशबहादुर सिंहको भनाइ छ । उनले पुनः सरकारले पीडितका लागि दोस्रो राहत वितरण गर्ने भनेता पनि कसैले नपाएको बताए ।
संघर्ष समितिले अब सरकारले बाढी पीडितका लागि जिल्लामा पठाएको रकमको खोजी गर्ने जनाएको छ । बुधबार सघर्ष समितिका पदाधिकारीहरुले छलफल गर्दै रकमको खोजी गर्नेतर्फ अघि बढ्ने बताएका हुन् । अध्यक्ष सिंहले यसअघि पीडितका लागि आएको ठूलो रकम फ्रिज भएको समेत जनाएका छन् । उनले यो निणर्ण गराउनका लागि क्षेत्रीय समितिक पदाधिकारीहरुले निरन्तर प्रयास गरेका बताउ ।
‘सरकारले २०७१ सालमा पीडितहरुका लागि पैसा पठाएको थियो । तरपनि सबैले पाउन सकेनन् । बजेठ फिर्ता पनि भयो । फेरि बजेट आएको छ । अब कुन-कुन पीडितको नाममा कति बजेट आएको छ । कहाँ-कहाँ आएको त्यसको बारेमा खोजी गर्ने हाम्रो अभियान हो,’ अध्यक्ष सिंहले भने । उनले काठमाडौंसम्म धाउन परेपनि अन्तिम लागि पर्ने बताए ।
बाँके, बर्दिया र दाङ जिल्लाका पीडित मिलेर क्षेत्रीय संघर्ष समिति बनाएक हुन् । संंघर्ष समितिका अध्यक्ष विन्तिराम थारु, उपाध्यक्ष धर्मराज खड्का, सचिव डिल्लीराम खनाल, सदस्यहरु शिवप्रदार चौधरी, यज्ञबहादुर केसी, नारायणी चौधरी रहेका छन् ।
लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिका अध्यक्ष जगदिशबहादुर सिंह, सचिव राजकुमार शुक्ला, सदस्यहरु दुर्गाप्रसाद पाण्डे, मोल्हे धोवी, कपिलकुमार शाही रहेका छन् । छलफल कार्यक्रममा लक्ष्मणपुर बाँध पीडित सघर्ष समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।