१६ जनाको मृत्यु
Saturday, July 24th, 2021, 6:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ साउन
शनिबार देशभरका विभिन्न स्थानमा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप संक्रमितको मृत्युसँगै कूल मृत्यु संख्या नौ हजार ६ सय ९५ पुगेको छ । बाँकेमा भने थप मृत्यु शून्य रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
केन्द्रका अनुसार बाँकेमा थप पाँचजनामा संक्रमण पुष्टि भएको छ । जसमा महिला तीन र पुरुष दुर्यजना रहेका छन् । जिल्लाको कूल संक्रमितको संख्या भने १७ हजर पाँच सय ७७ रहेको छ ।
त्यस्तै जिल्लामा चारजना महिला र दुईजना पुरुष गरी ६ जना संक्रमण मुक्त भएका छन् । हालसम्म १७ हजार दुई सय २० जना संक्रमण मुक्त भई सकेको केन्द्रले जनाएको ।
साथै देशभरमा भने थप तीन हजार एक सय १४ जना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार १० हजार ६ सय २५ नमूना पिसिआर परीक्षण गर्दा दुई हजार तीन सय नौ जनामा संक्रमण देखिएको हो भने एन्टिजेन विधिबाट चार हजार दुई सय ८५ परीक्षण गर्दा आठ सय पाँचजनामा संक्रमण देखिएको छ ।
दुई हजार एक सय ९७ जना भने कोरोना मुक्त भएका छन् ।
हालसम्म नेपालगमा ६ लाख ७९ हजार १७ जनामा संक्रमण पुष्टि भई सकेको छ भने ६ लाख ४१ हजार पाँच सय ६५ जना संक्रमण मुक्त भई सकेका छन् ।
हालसम्म नेपालमा ३५ लाख २८ हजार पाँच सय १४ जनाको पीसीआर परीक्षण भई सकेको मन्त्रालयले जनाएको छ ।