शिखर टेलिभिजनको अध्यक्षमा शेखर खनाल चयन
Sunday, July 25th, 2021, 10:35 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० साउन
काठमाडौंमा नयाँ सोचका साथ संचालनमा आउन लागेको शिखर टेलिभिजनको अध्यक्षमा शेखर खनाल चयन भएका छन । यसै साता खनाललाई टेलिभिजनको बोर्ड बैठकले अध्यक्षमा चयन गरेको हो ।
नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार बिहान ९ बजे प्रसारण हुँदैं आइरहेको पुर्वाधार विकाससँग सम्बन्धी एक मात्र टेलिभिजन कार्यक्रम विकास र वहसका प्रस्तोता, निर्माता एवम निर्देशक हुन खनाल । रंगमञ्च क्षेत्रमा पनि सक्रिय खनाल चलचित्र निर्देशक एवम् हाँस्यव्यङग्य कलाकार समेत हुन । बाँकेको खजुरा गाउँपालिका निवासी खनालले चलचित्र क्षेत्र तथा मिडिया क्षेत्रमा करिब दुइ दशक काम गरि सकेका छन ।
नेपालको पत्रकारितामा नयाँ ढंग र सोचका साथ टेलिभिजनको सुरुआत गर्न लागिएको खनालले बताए । यद्यपी खनालले टिभि च्यानलमा भने कस्तो कालको कार्य योजना सहित काम गर्नैछन त्यो भने हेर्न बाँकी छ । एक समय निकै चर्चामा आएको हास्य टेलि श्रृंखला झयाइकुटी झयाईका लोकप्रिय पात्र भुइकटरको नामबाट निकै चर्चामा आएका थिए खनाल । उक्त श्रृंखलाका लेखक तथा निर्देशक पनि हुन उनी ।