निजि बिधालय ले मनाए साक्षरता दिवस खजुरा
Wednesday, September 8th, 2021, 7:46 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २३ भाद्र
खजुरा गाउँ पालिका अन्तर्गतका सस्थागत ( निजि ) बिधालय ले एक समारोह को आयोजना गरि ५५ औं साक्षरता दिवस मनाएका छन् ।
खजुरा गाउँ पालिका का प्रमुख किस्मत कुमार कक्षपती को प्रमुख आथित्यतामा भएको समारोह पुर्व इलाका प्रहरी चौकी धनौलिबाट खजुरा एकनम्बर सम्म प्रभात फेरि को आयोजना समेत गरिएको थियो।
कार्यक्रममा ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन गरिएको कार्यक्रममा शिक्षा शाखाले विभेद गरि सस्थागत बिधालय लाई सहभागी नबनाएको भन्दै इशाका सस्थापक अध्यक्ष मित्रलाल सापकोटा , प्याब्सन जिल्ला अध्यक्ष राजेन्द्र आचार्य , प्रदेश उपाध्यक्ष ऋषि केस जिसि लगायत ले आक्रोश व्यक्त गरेका थिए , उक्त आक्रोश प्रती प्रतिवाद गर्दै शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल ले शिक्षा शाखा लाई नटेरेको, समन्वय नगरेको भन्दै अब आफू सस्थागत बिधालय सङ्ग कडारुपमा प्रस्तुत हुने चेतावनी दिए ।
कार्यक्रममा गाउँ पालिका प्रमुख किस्मत कुमार कक्षपतिले आफू सस्थागत बिधालय लाई विभेद नगर्ने बताउदै खजुरा क्षेत्र को शैक्षिक बिकास मा सबै लाई एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभयो । कोभिड का कारण शिक्षा क्षेत्रमा परेका अप्ठ्यारो र असहजता प्रती आफु चिन्तित र संबेदनसिल रहेको बताउदै प्रमुख कक्षपतिले निजि बिधालय ले पनि स्थानीय सरकार लाई अटेर गरेर अगाडि नबढ्न आग्रह गर्नु भयो।
५५ औं साक्षरता दिवस मा सामुदायिक विधालय र सस्थागत दुबै तर्फ बाट छनौट गरि अलगअलग रूपमा शिक्षक, कर्मचारी र बिबिस लाई पुरस्कृत र संमान गर्ने निर्णय गरिएपनी त्यसो नगरी सामुदायिक विधालय तर्फ मात्रै संमान र पुरुस्कृत गरिएको भन्दै खजुराका निजि विधालय इशाका, प्याब्सन र एन प्याब्सन का प्रतिनिधिहरुले कार्यक्रममा आपत्ति प्रकट गर्दै शिक्षा शाखा को आलोचना गरेका थिए।
इशाका, प्याब्सन र एनप्याब्सन को संयुक्त आयोजना मा गरिएको कार्यक्रम मा एन प्याब्सन का जिल्ला कोषाध्यक्ष गोविन्द रावत, प्याब्सन कोषाध्यक्ष दिनेश शर्मा लगाएको सहभागिता भएको थियो भने १२५ शिक्षक, शिक्षिका, कर्मचारी लाई गाउँ पालिका प्रमुख किस्मत कुमार कक्षपतिले खादा र अबिर लगाएर संमान गर्नुभएको थियो, कृष्ण भन्डारिले संचालन गरेको कार्यक्रम को अध्यक्षता इशाका अध्यक्ष डिबि तामाङ ले गर्नुभएको थियो।