लक्की ड्र मार्फत अमृतले पाए ३ लाख २९ हजारको बाइक
Friday, October 1st, 2021, 3:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ असोज
फोर्टनाइट बम्पर पुरस्कार विजेता अमृत चौधरीले शुक्रबार सुजुकी इन्ट्रयुडर मोटरसाइकल प्राप्त गरेका छन । बर्दिया, मधुवन नगरपालिका–६ महुवाका चौधरीलाई नेपाल गु्रप अन्तर्गत नेपाल टे«ड च्यानलका म्यानेजिङ डिरेक्टर पुरुषोत्तम नेपालले मोटरसाइकलको साचो हस्तान्त्रण गरे ।
गत भदौं २२ चौधरीले नेपालगन्जस्थित नेपाल ट्रेड च्यानल सुजुकी सोरुमबाट सुजुकी जिक्सर १५० डीडी मोटरसाइकल किनेका थिए ।
शुक्रबार बाईक प्राप्त गरेपछि अमृतले नयाँ बाइक बुबालाई उपहार स्वरुप दिने बताए । काठमाडौंमा निकालिएको लक्की ड्रमा चौधरीले किनेको मोटरसाइकलको मुख्य भन्दा बढीको बम्पर उपहार पाएका हुन । उनले जिक्सर डीडी मोटरसाइकल २ लाख ८३ हजार ९ सय रुपैयाँमा किनेका थिए । सुजुकी इन्ट्रयुडरको मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ छ । नेपालका लागि सुजुकी मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले फेसबुक लाइभमार्फत सार्वजनिक गरेको उक्त बम्परमा चौधरीले सो मोटरसाइकल जितेका थिए ।
भीजी अटोमोबाइल्सले हाल चाडपर्वको अवसरमा ‘दशै आयो उमंग छायो क्यासब्याक र बम्पर पायो’ नामक अफर ल्याएको छ । यस अन्तर्गतका सुजुकीका कुनै पनि बाइक र स्कुटर किन्दा १० हजार रुपैयाँ स्योर सट डिस्काउन्ट पाइने छ ।
त्यसैगरी १ वर्षसम्म सडक दस्तुर छुट पाइने छ भने फोर्टनाइट बम्पर अन्तर्गत प्रत्येक १५ दिनमा एक जना विजेतालाई सुजुकी इन्ट्रयुडर बाइक उपहारको रुपमा प्रदान गरिने छ । फोर्टनाइट बम्परको विजेता हरेक दोस्रो हप्ता भीजी सुजुकी नेपालको अफिसियल फेसबुक पेजमार्फत लाइभ छनोट गरिने बताइएको छ ।