नेपालगन्जमा बजाजको ‘एक्सचेन्ज महामेला’
Tuesday, October 5th, 2021, 9:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ असोज
मंगलबारदेखि नेपालगन्जमा बजाज मोटरसाइकलको ॅबजाज एक्सचेन्ज महामेला’ सुरु भएको छ । बजाज आधिकारिक बिक्रेता पानस मोटर्स प्रा.लि.को आयोजनामा नेपालगन्जको वाटरपार्क क्षेत्रमा साताव्यापी महामेला सुरु भएको हो ।
दसैं तथा तिहारको अवसरमा बजाजका उत्पादनहरुको बिक्री वितरण र एक्सचेन्ज गर्ने उद्देश्यले महामेला आयोजना गरिएको बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता पानस मोटर्स प्रा.लि.नेपालगन्ज शाखाले जनाएको छ ।
सञ्चालक ज्ञानेन्द्र खनालका अनुसार महामेला आगामी असोज २५ गतेसम्म सञ्चालन हुनेछ । उनले ग्राहकलाई विभिन्न अफर र छुट सुविधासहित साताव्यापी रुपमा मेला सञ्चालन गरिएको जानकारी दिए ।
खनालले बजाजका साथै अन्य कम्पनीका प्रोडक्ट यामाहा, होण्डा र हिरो लगायतका मोटरसाइकलको भ्यालुएसनसहित अतिरिक्त १० हजार रुपैयाँ थपेर नयाँ मोटरसाइकल प्रदान गर्न सकिने बताए ।
यसैगरी, मेला अवधिभर ग्राहकहरुको लागि ५ हजार मूल्य प्याकेट बराबरको लेगगार्ड, हेलमेट, झोला र बाइकको कभरको किड निःशुल्क उपलब्ध गराइने खनाल बताउँछन् । यस्तै शून्य प्रतिशत ब्याज र महामेला स्थलमै फाइनान्स लगायतका नयाँ स्किम समेत रहेको उनको भनाइ छ । कोभिड-१९ को जोखिमलाई मध्यनजर गरी विशेष सुरक्षा अपनाइएको छ ।
उनले मेलामा सहभागी ग्राहकहरुलाई किन्नुअघि १० हजार मूल्य बराबरको अफरमा सहभागी गराइने जानकारी दिए । सोही योजना अन्तर्गत कुनै पनि ग्राहकले सवारी किन्दाखेरी १ लाखको अफरमा सहभागी हुन पाउनेछन् । सोही अफर अनुसार अन्तिम तथा बम्पर किनेपछि १० लाखको अफरमा सहभागी गराइनेछ ।
अफर प्राप्त गरेकालाई मेलामै पुरस्कृत गरिनेछ । महामेला अवधिभर चार सय वटा गाडीको कारोबार गर्ने लक्ष्य रहेको सञ्चालक खनालले जानकारी दिए ।