नेपालगन्जमा फैलिँदो बुटिक मोह
Monday, October 11th, 2021, 6:42 pm
Kalpristha

लेखक : करुणा शाह
दशैंको माहोल छ । यतिखेर बजारमा किनमेल गर्नेको भिडभाड छ । विशेषगरी बजारमा रेडिमेड पसल, जुत्ता पसल, श्रीगार पसल .दैनिक उपभोग्य बस्तु को पसल मा बढी भिडभाड हुने गर्दछ । माता दुर्गा भगवतीको पुजा अर्चना गर्न बिहानबाटै बागेश्वरी मन्दिरमा दर्सनार्थिको भिड लाग्ने गरेको छ ।
मिठो खाने, राम्रो लाउने पर्वकोरुपमा दशैंैैलाई लिइन्छ । सबैजना घरमा जम्मा हुने, रमाइलो गर्ने सामुहिक सपिङ गर्ने दसै को अर्को मज्जाको रमाइलो पाटो हो । दशैंमा सक्नेले नयाँ लुगा लगाउँछौ । नसक्ने धोइपखाली गरेर लगाउँछौँ ।
तर अहिले समयको माग सनै सबै कुरामा परिवर्तन आएको छ । महिला दिदी बहिनीहरुले चाडपर्व वा पार्टीमा महङ्गो महङ्गो बुटिकद्वारा डिजाइन गरेका कपडामा सजिन मन पराउछन् । बुटिकको कपडा सारै महगो हुन्छ भन्ने सोचाइले गर्दा पहिला-पहिला बुटिकमा प्रायः मानिस कमै छिर्ने गर्दथे ।
तर अहिले धेरै मानिसहरु फेसन सेन्स लाई फ्लो गरेर आफुलाइ सुहाउदो पहिरन, कलर कम्बिनेसन, समर म्याच, कस्तो प्रोगाम, कसरी ड्रेस क्यारी गर्ने भनेर बुटिकै डिजाइनमा तयार गरिएको पहिरनमा सजिन मन पराउछन् । काठमाडौंमा केही दशकअघि बुटिक भित्रीएपनि नेपालगन्जमा भने दश बर्ष यता मात्र बुटिक भित्रीएको हो । अहिले बुटिकको व्यापार निकै राम्रो छ ।
नेपालगन्जको सबै भन्दा पहिलो बुटिक भने ‘बज फेसन बुटिक’ हो । आजभन्दा १६ वर्ष पहिला सुर्खेत रोडमा स्मिता राणाले ‘बज फेसन बुटिक’ खोेलकी हुन् ।
उनका अनुसार त्यतिबेला बुटिक भनेको सारी, घुम्टो बनाउने डुपटामा कडाइ गर्ने सुट सारी बिक्री गर्ने सिलाइको सुविधा त्यही आम धारण थियो ।
अहिले सबै फरक छ । डिजाइनरद्वारा डिजाइन गरिएको पहिरन हुन्छ । ग्राहाकहरु महङ्गो भएपनि राम्र्रो र ब्रान्ड सामाल लिनु हुन्छ । अहिले नेपालगन्जको न्युरोड र भानुभक्त चोकको पश्चिमतर्फ को छ । ७ ओटा सटरमा स्पेशल बुटिक सन्चालनमा छन् । नेपालगन्जमा अहिले ‘शिल्क फेशन बुटिक’, ‘इप्रेसन बुटिक’, ‘बिभा बुटिक’, ‘रोयल बुटिक’, ‘सि एस बुटिक’, ‘फ्लोरेन्स बुटिक’ ‘आनन्या बुटिक’, ‘मिरर बुटिक’, ‘फेसन इन सिटि पलानेट बुटिक’ रहेका छन् । कोहलपुरमा ‘हनुमान बुटिक’ फेमस छ ।
बुटिकमा पहिरन डिजाइन गरिएको । फिनिसिङ राम्रो कलर कम्बिनेशन सबै राम्रो लाग्ने गरेकोले आफू सधंै सिल्क फेसन बुटिकको नियमित ग्राहक भएको बताउँछिन बाइपास रोड निवासी अन्जली शाह । ‘विवाह, पार्टी र चाडपर्वमा सधैं म त्यहीँको पहिरन लगाउछु,’ उनले भनिन् ।
अहिलेको दसैंमा छोरी आफूलाई श्रीमान्लाई म्याचिङ कपडा बनाएको उनले सुनाइन् । यस्तै नेपालगन्ज फुल्टेक्रा निवासी २५ वर्षीया पुनम अधिकारी आफ्नो ८५ केजि तौलको कारण परेशान थिइन् । तर अहिले सिल्क फेसन बुटिकको पहिरन लाउन थालेपछि उनी हरेक समारोहमा जान सक्छिन् ।

सांकेतिक तस्बिर
पहिला तौलकै कारण उनी बाहिर जान निकै अप्ठ्यारो लाग्ने गरेको अनुभव सुनाउँछिन् । ‘अहिले साधना दिदीको डिहाइन गरेको कपडा मलाइ स्लिम देखाउने र हरेक पहिरन निकै कम्फर्ट लाग्छ,’ उनले भनिन् ।
यस्तै उद्यमी महिला तथा समाजसेबी रचना श्रेष्ठले पनि प्रायः बुटिककै पहिरन लगाउछिन् । उनी भन्छिन् पार्टी वेयर, फर्मल प्रोग्राम, डेलि युजको सुट, कुर्तीहरु सबै म बुटिककै लागाउँछु । अहिले पनि धेरैको सोचाइमा महङ्गो हुन्छ भन्ने छ तर हुँदैन ।
फलोरेन्स बुटिक की सन्चालक कल्पना शाहका अनुसार एक वर्ष त कोरोनाले निकै गारो भयो । पुरै व्यापार ठप्प । ‘अहिले तिजबाट हाम्रो सिजन शुरु हुन्छ । अहिले निकै बिजि छौँ । दशैंको कपडा मा अहिले केटीहरुको लागि लेहङ्गा, गाउन, बच्चाहरुको लागि ॅमम बेबि सेम’ सेट कसैको फ्यामेलि सेट चलेको छ ।
यस्तै सिल्क फेसनका सन्चालक शाधना खडकाका अनुसार अब तिजबाट सुरु व्यापार वैशाख सम्म हुन्छ । चाड्पर्व र विवाहमा त निकै गारो हुन्छ । ‘यहाँमात्र होइन दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर र नेपाल बाहिर अमेरिका, दुबई, मलेसिया, लन्डन र जापान मेरो सामान जान्छ । योपटक पनि प्रीन्टेड सारी सरारा सेट, गाउन लेहङ्गा पठाएको छु,’ उनले भनिन् ।
यस्तै कोहलपुरमा रहेको हनुमान बुटिकका सन्चालक वर्षा शाहका अनुसार पनि व्यापार राम्रो छ । सबै अहुले राम्रो र अरु भन्दा फरक देखिन मन पराउछन् ।
केही महङो भए पनि सहज लिनु हुन्छ, फिनिसिङ, कलर कम्बिनेशन, कपडा सेम देखिए पनि बुटिकको कपडा को मेट्रीयल फरक हुने बताउछिन् । अहिले गाउन, भाइरल सारी, चुनरी प्रीन्ट सारी, प्याचिङ सारी सुटको मागको ग्राहधेरै रहेको उनले बताइन् ।
फेसन इन सिटि बुटिक का सन्चालक बिन्ती आलेले काठामान्डौको इनटनेसनल ईन्स्टिच्युट अफ टेक्नोलोजी बागबजारबाट डिप्लोमा र ब्याचलर कोर्स गरेर नेप्सलगन्जमा बुटिक सन्चालनमा ल्याएकी हुन् ।
नेपालगन्जमा बुटिक जति नै सन्चालनमा भएता पनि कोर्श गरेर सन्चालनमा ल्याएको बुटिक फेसन इन सिटि मात्र हो । बिन्तीका अनुसार फेसन डिजाइन हुनको लागि ड्राफ, कटिङ, पेन्टिङ स्क्राइज सबै सिक्नु पर्छ । बुटिकमा क्वालिटीमा ध्यान दिनुपर्छ । सिजन अनुसारको कपडा हुनुपर्छ त्यसमा म्याचगर्ने प्रीन्ट हुनुपर्छ ।
काहा जाँदै हुनुहुन्छ कस्तो प्रोग्रामहो कस्तो पहिरन लगाउने सबै डिजाइनर लाई थाहा हुनु पर्छ । माब्छे को स्किन सङ को म्याचिङ्ममा कलर चुज गर्नु पर्छ । छोटो समय मै निकै राम्रो रेस्पोन्स पाइकी छु सबैले काम मनपराइदिनु भएको छ । एक पटक आएको ग्राहक अर्को पटक फेरि आउनु हुन्छ । अहिले आफू जाहा दसै को लागि सिफन सारी, जर्जड सारी, प्रीन्टेड सारी, डिजाइनदार ब्लाउज, गिलिटर पार्टी वयर चलेको छ ।
ॅअहिले सबैले टेलरमा पनि बुटिकको बोर्ड लागाएको हुन्छ । नराम्रो लाग्छ,’ उनी भन्छिन्, ‘आजभोलि युटुबले निकै सहज बनाइदिएको छ । ग्राहकहरु हामी भन्दा फरवार्ड हुनुहुन्छ । आफ्नै कलर आफै डिजाइन दिनु हुन्छ । खुशी लाग्छ ।’
उनका अनुसार बुटिक व्यवसायमा भविष्य राम्रो छ । असिले सबै स्टाइलिस्ट, फेशनेबल हुदैछ्न । धेरै जसो ले चाडपर्व र पार्टी मा नया लुगा किन्ने गर्दछन् । अझै फेसबुकले गर्दा एक पटक लगाएको लुगा पोस्ट गरेपछी अर्को पटक लगाउदैनन् ।
उनका अनुसार बुटिक प्रती को धारणा अझै प्रस्ट भैसकेको छैन । दसै तिहार या चाडपर्वको बेला पार्टी वयर र स्टाइलिस्ट पहिरन साथै नेपालगन्जमा भैरहने बिउटी प्रिजेन्ट, पासनी, विवाहको सिजनमा भने नेपालगन्जका बुटिकले राम्रै स्थान पाइरहेका छन् ।
नेपालगन्जको बुटिकमा विवाहको लागि ब्राइडल लेहगा २५०० देखि सुरु हुन्छ । क्राउन सारीको लागि कडेको बेल्ट, घुम्टो, भेलभेट सिलिपर, सनग्लास, पार्टी ब्याग सबै गरेर ६०, ८० हजारदेखि एक लाखसम्मको हुने बताउछन् सन्चालकहरु ।
फेशनलाई हेर्ने दृश्टिकोण अहिले मानिसहरु बदलिँदै गएको छ । विश्वमा फेसनको बजार सताब्दियौँमा भित्रीए पनि नेपालमा भने पश्चिम मुलुकदेखि भारत हँुदै नेपाल छिरेको फेसन संस्कृतिले हरेक मानिस के बच्चा के वृद्धलाई छोरसकेको छ ।
फेसन अहिले को माग पनि हो भने आवश्यकता पनि पनि भैसकेको छ । फेसनले आत्मशिवश्वास बढाउने व्यक्तित्व झल्काउने गर्दछ। तर याद गर्नु पर्ने के कुरा छ भने मौसम, ठाउँ वातावरणअनुसारको फेसन भएन भने तपाईं सबैको लागि हाँसोको पात्र बन्न सक्नुहुन्छ ।
२१ औं शताब्दीमा फेशनको बारेमा सबैले बुझ्न जरुरी छ । फेसन डिजाइन गरेर आफ्नो करियर बनाउन चाहनेलाई अहिले नेपालमा नमुना कलेज अफ फेसन टेक्नोलोजी, आइसिसि बागबजार, लडबुद्द एकेडमी फाउन्डेसन मैतिदेबी, लखौटिया ईन्स्टिच्यु कुपोन्डोल, बेशिक १६ महिना र एडभान्स कोर्स ४ वर्शको कोर्स हुने गर्दछ ।
अहिले नेपालमै कोर्स गरेर कतिपय महिला पुरुषले विदेशमा बुटिकबाट रान्रो कमाइ गरिरहेका छन् । इन्डियन सेलिब्रेटी जस्तै अहिले नेपालका प्रायः सेलिब्रेटीहरु पनि फेसन कन्सेन्स भएका छ्न । अहिले उनीहरुले पर्सनल डिजाइनर राखेका छन् ।
कुनै पार्टी, अवार्ड पार्टी, मुभी रिलिज या प्रोमोसनमा उनीहरु आफ्नो डिजाइनरद्वारा डिजाइन गरेको पहिरनमा सजिएको देखिन्छन् । पुरुष विश्व गौतम, युबि थापा, तेन्जिग भुटिया नेपालका फेमस डिजाइनर हुन् । उनीहरुको पहिरन हरेक मुभीमा, सेलिब्रेटीमा मात्र सिमित नभएर सम्पूणर् नेपालीमा समेत लोकप्रिय छ ।