व्यावसायिक केरा खेतीतर्फ किसानको बढ्दो आकर्षण
Tuesday, November 16th, 2021, 12:13 pm
Kalpristha
सावित्री गिरी
बर्दिया, २९ कात्तिक
बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ दयारामपुरका शैलेन्द्र मजगैयाँले एक विगाहा ६ कठ्ठामा केरा खेती गरेका छन् । हिजोका दिनमा धान र गहुँ लगाउँदै आएका मजगैयाले १७ सय वटा केराका बिरुवा लगाएका छन् । धान र गहुँबाट बर्षमा मुस्किलले ४० हजार रुपैया आम्दानी गर्ने मजगैयाले केरा खेतीबाटै आफ्नो आगामी भविष्य उज्वल बनाउने सपना देखेका छन् । केरा खेती गर्नुभन्दा पहिला मजगैया गैर सरकारी संघ संस्थाहरुमा कार्यरत थिए ।
नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (एनसिसिएसपी) नामक गैर सरकारी संस्थाले गाउँ घरमै पुगेर केरा खेतीका लागि सहयोग गरेपछि उनी यो खेती तर्फ आकर्षित भएका हुन् । केरा खेतीका लागि संस्थाले क्षेत्रफलका आधारमा आर्थिक सहयोग गर्दे आइरहेको छ । मगजैया जस्तै अर्का किसान बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १ छोट्की दौलतपुरका किसान जानकी चौधरीले पनि खेता खेती सुरु गरेकि छिन् । जानकीले मकै र तोरी लगाउने गरेको ८ कठ्ठा जमिनमा केरा खेती सुरु गरेपछि उनी निकै सुखी भएकी छिन् । जानकीले पनि अब यहि खेतीबाटै आम्दानी बढाउने सोचका साथ केरा खेतीको गोडमेलमै व्यस्त रहने गरेको बताईन् ।
यस्तै बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ९ बनियापुरका किसान नोहरी थारुले ५ कठ्ठामा केरा खेती गरेकी छिन् । हिजोका दिनमा धान लगाउने उनको खेतमा अहिले केराका बिरुवा लहलहाउँदा भएका छन् । ति विरुवाहरु हेरेर नोहरी दङ्ग परेकि छिन् । यि त प्रतिनिधि पात्र मात्र हुन् नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (एनसिसिएसपी)को सहयोगमा बर्दियाको राजापुर नगरपालिकाका विभिन्न स्थानमा १८ जना किसानहरुले व्यावसायिक रुपमा केरा खेती गरेका छन् ।

केरा खेती
यस्तो छ किसान आकर्षिति हुनुको कारण
बर्दियाको राजापुर क्षेत्र अन्न भण्डार हो । यहाँ उत्पादन हुने धान ,गहुँ ,तोरी ,मसुरो,चना लगायतका खाद्यान्न बालीले अधिकांश क्षेत्रको माग लाई धान्य गर्छ । खाद्यान्न बालीबाट निश्चित समयमा मात्र आम्दानी गर्न सकिने तर केरा खेतीबाट जुनसुकै समयमा पनि आम्दानी गर्न सकिने भएपछि किसानहरुको आकर्षण बढेको हो । किसानहरुले खाद्यान्न बाली सँगै नगदे बाली पनि लगाउन सुरु गरेपछि सहयोग गर्न थालेको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (एनसिसिएसपी) संस्थाका बर्दियाका सहजकर्ता बिनित चौधरीले बताए ।
उनका अनुसार बर्दियाको राजापुर क्षेत्रमा किसानहरुले केरा खेतीबाट राम्रो आम्दानी समेत गर्दे आएका छन् । केराको उत्पादन बढाउन आर्थिक तथा प्राविधिक सहयोग गर्दे आएको उनले बताए । किसानहरुको उत्साह बढाउन राजापुर नगरपालिका संग समन्वय गरेर काम गरिरहेको उनको भनाई रहेको छ ।
जलवायु परिवर्तन अनुकुलन कार्यक्रम र केरा खेती
जलवायु परिवर्तन जन्य प्रकोपका साथै गैर जलवायु जन्य प्रकोपका घटनाको सामना गर्नु वर्तमान समयमा सामान्य जस्तै भएको छ ।
बर्दियाको राजापुर नगरपालिकाले पनि जलवायुजन्य साथै गैरजलवायुजन्य विभिन्न प्रकोपको सामना गरिरहेको छ । यसै सन्दर्भमा जलवायु परिवर्तन तथा विपद्का घटनाहरुको विगतको अवस्था बिष्लेष्ण गरी किसानहरुलाई नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले नगदे बाली तर्फ आकर्षित गर्न सहयोग गरेको हो । निरन्तर रुपमा आम्दानी समुदायले लिन सक्यो भने प्राकृतिक श्रोत माथिको निर्भरता कम हुदै जाने र बातावरण संरक्षणमा सहयोग पुग्ने भएपनि संस्थाले सहयोग गर्दे आएको हो ।
भविष्यमा पार्न सक्ने असरलाई मध्यनजर गर्दै, जलवायु र विपद्को जोखिमबारेको बुझाई विकासको लागि र सम्भाव्य जोखिमको आँकलन गरेर काम गरिरहेको केरा खेतीका लागि सहयोग गरिरहेको संस्था नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले बताएको छ । जलवायु परिवर्तनका असरहरु आगामी समयमा बढ्दै जाने र सोहि कारण विभिन्न प्रकोपको सामना गर्नुपर्ने विभिन्न वैज्ञानिक अध्ययनले प्रक्षेपण गरेका छन् ।
केराको वानस्पतिक विवरण र फलफूल तथा वोटविरुवाको वृद्धि विकाश
केरा मुसेसी परिवारमा पर्ने छिटो छिटो हुर्कने प्रवृतिको विरुवा हो । केराको बोट तथा फलको बृद्धि विकास केराको जात, हावापानी र माटोको मलिलोपनामा भर पर्दछ । बढि गर्मी हुन्े ठाउंमा पातको विकास हुन् ५-७ दिन लाग्छ । केरा पसाउनु भन्दा पहिले २३- ५० वटा सम्म नयाँ पातहरु आउछन्् । केराको काण्ड खोव्रmो वा हजारौं पत्रहरु मिलेर बनेको हुन्छ । केराको जात अनुसार ३२ देखि ३५ वटा पूणर् विकसित पातहरु निस्की सकेपछि केरा घरि पसाउने गर्दछ । पोथ्रा वा सकरबाट गरेको केरा खेतीमा, उतm पोथ्रा सरेको १० देखि १५ महिना पछि पसाउँछ । केरा टुप्पोतिर भाले फूल र फेद तिर पोथी फूलहरु फूल्दछन् ।
केरा पसाउनुभन्दा अगाडि नै बोटको बृद्धि भैसकेको बेलामा अनुकुल हावापानीमा राम्ररी मलजल गरेमा पोथीफूलको संख्या बढाउन सकिन्छ । सुरुमा फलको बृद्धि छिटो र पछि कोसा पोटिलो हुन्छ । फलको विकासको साथसाथै गुदी र भिटामिनको मात्रा बढ्दै जान्छ । फल परिपक्व हुने समयमा स्टार्च चिनिमा परिवर्तन भइ केरा गुलियो हुन्छ । केराको तौल र आकार बढाउन विभिन्न विरुवावद्धक रसायनहरु पनि प्रयोग गर्न सकिन्छ । जस्तै पसाउनु अघि एन. ए. ए, पसाइसकेपछि एन्सिमिडल ,२,४,५- टि, जिव्रेलिक एसिड, २, ४- डि (१०० पि. पि. एम्), आदि । बढि सुख्खा भएको स्थानमा घरी छोप्ने प्रविधि राम्रो मानिन्छ ।
केरा सिङ्गल काण्ड रहने प्रसाखाहरु ननिस्कने र नरम काण्ड हुने ठूलो झारपात हो । केराको काण्ड, उचाइ जातहेरी २ देखि ६ मिटर सम्म अग्लो हुन्छ । काण्डको जमिनमुनि भएको भाग गानो बाट प्रसस्त नरम खालका जराहरु निस्कन्छ । होचो जातमा १ वर्ग घन मी. र अग्लो जातमा ३ घन मि. हुन्छ जस्तै ग्रस मिचेल एउटा बोटमा ६० देखि ७० वटा पातहरु हुन्छन् तर १०-१५ वटा मात्र पातहरु कार्यरत हुन्छन् । पातको क्षेत्रफल वा बोट १०- १४५ वर्ग मि./हे हुन्छ । (२००००-४५००० कत्र।mरजब फलको झुण्डलाई घरी भनिन्छ ।
केरा एक प्रख्यात फलफूल हो । गरीब देखि धनीसम्मका विभिन्न समुदायका वीच यो फल ज्यादै लोकप्रिय छ । बर्षेभरी खान मिल्ने फलको रुपमा केरा फल देखिएको छ । यो ज्यादै उपयोगी फलफूल हो । यसलाई विभिन्न रुपमा प्रयोग गरिन्छ । काचो फलबाट तरकारी र पाकेको फलबाट जुस आदि वस्तुहरु बनाइन्छ । हाल केराबाट बियर एवं उच्च गुणस्तरको वाइन पनि बनाई प्रयोग गर्न सुरुवात भैसकेको छ । केराको थाम वा पातबाट निस्कने रेशाहरुबाट कपडा, टिस्यू पेपर, कार्ड कप तथा प्लेटहरु बनाउन सकिन्छ ।
साथै रेसाबाट झोला तथा कार्पेटहरु समेत बनाउन सकिन्छ । केरा काटिसकेपछि पात, थाम, घरीको काण्ड आदिलाइ टुक्रा पारेर, कुहाएर राम्रो कम्पोष्ट मल बनाउन सकिन्छ । पाकेको केरा एक स्वादिष्ट र पौष्टिक तत्वयुक्त फलको रुपमा प्रयोग हुने गरेको छ । केरालाई आजकल आलंकारिक रुपमा, धार्मिक रुपले समेत प्रयोग गरिन्छ । केराको फल पोषणको हिसाबबाट ज्यादै उपयोगी मानिन्छ । मानव शरीरलाइ आवश्यक पोषण तत्वहरु विभिन्न रुपमा केराको फलमा पाइन्छ । कार्वोहाइड्रेट, भिटामिन र खनिजतत्वहरु प्रशस्त मात्रामा पाइन्छ ।
भिटामिनहरुको हिसाबले भिटामिन ए, र केहि मात्रामा बी, सी तथा खनिज तत्वको हिसाबले प्रशस्त मात्रामा म्याग्नेसियम, सोडियम, पोटासियम, फस्फोरस, क्याल्सियम, तथा फलाम तत्वहरु पाइन्छन् । एउटा पाकेको फलमा ७१ प्रतिशत खानयोग्य भाग हुन्छ भने बांकी बोक्रा र डांठले ओगट्छ । खानयोग्य भागमा पानीको मात्रा ७०.१ प्रतिशत हुन्छ ।
केरा खेतीको विकासक्रम र वर्तमान अवस्था
विश्वमा एक महत्वपूणर् पूरानो फलफूल बाली केरा हो । केरा तराई क्षेत्रमा हुने प्रमुख फलफूल बाली हो । केराका स्थानिय जातहरुको नेपालमा परापूर्वकालबाट नै खेती हुदै आइरहेको छ । केराको उत्पत्ती एसिया महादेशमा खास गरी उष्ण प्रदेशीय क्षेत्रमा भएको मानिएको छ । खास गरी भारत इन्डोनेशिया, फिलिपिन्स र थाइल्यान्डमा यसको उत्पत्ती भएको मानिन्छ ।
यसको प्रमुख उत्पादन हुने देशहरुमा कोलम्बिया, व्राजील, भारत, फिलिपिन्स, थाइलेण्ड, युगान्डा, तान्जानिया, आइभोरिकोष्ट, केन्या, भेनेजुयला पर्दछन्। विश्वव्यापी रुपमा आकंलन गर्दा पृथ्वीको भुमध्य रेखावाट ३०ं उत्तरी र ३०ं दक्षिणी भेगमा रहेका भुभाग सम्म केरा खेतीको विस्तार भएको पाइन्छ । विश्वका विभिन्न देशहरु मध्ये भारतमा सवभन्दा बढी केरा उत्पादन भएको देखिन्छ (वार्षिक ३ करोड टन भन्दा वढी) त्यसपछी क्रमश चीन, फिलिपिन्स, बंगलादेशहरु पर्दछन् ।
केराको बृद्धि विकास चाडै हुने र एक वर्षमा तयार हुन् हुदा र सुलभ बजारले गर्दा यसको खेतीको विस्तार तीव्र रुपमा भइरहेको छ । उपयुतm समयमा लगाएमा एकै वर्ष भित्रमै उत्पादन लिन सकिन्छ । मुख्यतया भौगोलिक स्थान अनुसार तापक्रम र हावापानीले गर्दा उत्पादन दिने समय फरक पर्दछ ।
प्रायजसो सबैजसो नेपालीहरुको घर आंगनमा करेसाबारीको रुपमा केराको एउटा वा दुइवटा विरुवा भए पनि लगाउने गरेको पाइन्छ । पौष्टिक तत्वको रुपमा तुलना गर्दा यसलाइ फलहरुको राजा भनेर चिनिन्छ । कम लागतमा छोटो समयमै र उत्पादित वस्तुहरु स्थानिय बजारमा सजिलै बिक्रि गरी आम्दानी लिन सकिने भएकाले गा्रमिण क्षेत्रमा किसानहरु केराखेतीमा आधारित ब्यबसाय तर्फ उन्मुख हुन् थालेका छन्् ।