नेपालगन्ज वाकाथनको टिसर्ट सार्वजनिक
Tuesday, December 7th, 2021, 8:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ मंसिर
भ्रष्टाचार बिरुद्ध ‘नेपालगन्ज वाकाथन’को टिसर्ट सार्वजनिक गरिएको छ । भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) बास नेपालको आयोजना तथा अन्तराल नेपालगञ्जको व्यवस्थापनमा हुने सो कार्यक्रमको टिसर्ट आज सार्वजनिक गरिएको हो । बास नेपालका अध्यक्ष रमेश सिटौला, उपााध्यक्ष लुना बुढाथोकी, महासचिव शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले टिसर्ट सार्वजनिक गरेका हुन् ।
टिसर्टमा नेपालगन्ज वाकाथनको लोगो र भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं भन्ने सन्देश उल्लेखित रहेको छ ।

नेपालगन्ज वाकाथनको टिसर्ट
वाकाथन नेपालगञ्जको वीपि चौकबाट शुरु भई धम्बोझि चौक, न्यूरोड, सेतु बि.क. चौक हुँदै बौद्ध गुम्वा न्यूरोड पुगेर समापन हुनेछ । बालबालिका, महिला, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत १ हजार बढिको सहभागितामा हुने उक्त वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहसन, सडक नाटक, पर्चा, पम्लपेट वितरण, विभिन्न प्रतियोगिता लगायतका गतिविधिहरु गरिनेछन् ।
नेपालगन्ज वाकाथन भव्यताका साथ सफल पार्नका लागि बासका कार्यकारी निर्देशक नमस्कार शाहको संयोजकत्वको मूल समिति र १५ सदस्सीय समिति सक्रियताका साथ काम गरिरहेका छन् ।
कार्यक्रममा सहभागि हुन बास नेपालले सबै क्षेत्र, वर्गका व्यक्तिहरुलाई आग्रह गरेको छ भने सहकार्यका लागि समेत सबै सरोकारवालाहरुसँग अपिल गरेको छ ।