कालपृष्ठकर्मी वली सम्मानित
Sunday, December 19th, 2021, 4:53 pm
Kalpristha
कालपृष्ठ दैनिकका लुम्बिनी प्रदेश संयोजक लिलाधर वली सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाको २९ औं स्थापना दिवसका अवसरमा वलीलाई ओमप्रकाश स्मृति पत्रकारिता पुरस्कार-२०७८ बाट पुरस्कृत गरिएको हो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमलगायतका अतिथिहरुले अविर,टिका र सम्मानपत्र प्रदान गरेका थिए । महासंघले स्थापना दिवसका अवसरमा सञ्चारक्षेत्रका माध्यमबाट सामाजिक रुपान्तरण, आर्थिक, सामाजिक, सास्कृतिक, राजनीतिक, शैक्षिक विकासकालगायतको समग्र बिकासका लागि भूमिका खेल्ने १४ जना पत्रकारहरुलाई पुरस्कृत गरेको हो ।
पत्रकारहरु सविन प्रियासन, लीला शाह, जेएन सागर, भुपेन्द्र वली, दामोदर बस्नेत, सरिता चौधरी, लिलाधर वली, प्रेमविवश घर्ती, पाण्डव शर्मा, सविता चौधरी, जीतबहादुर चौधरी, जनक नेपाली, देव यादव र वीरेन्द्र गिरी पुरस्कृत भएका छन् ।
महासंघले दिवंगत भएका पत्रकारहरु दामोदर अधिकारी, लक्ष्मण बस्नेत र हेमप्रकाश वलीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान गरेको छ । सञ्चार गृहतर्फ नयाँ युुगबोध राष्ट्रिय दैनिक, रेडियो हाम्रो पहुँच र तुलसीपुर अनलाइनलाई सम्मान गरेको छ ।
फोटोः पुुरस्कार ग्रहण गर्दै वली (बायाँबाट दोस्रो)