पशुपालन क्षेत्रमा थपियो नयाँ रोगको चुनौती
Sunday, July 3rd, 2022, 12:05 pm
Kalpristha
यस रोगका कारण कमजोरी, निमोनिया, थुनेलो हुने गर्दछ । छालाको निर्जिव गाँठाहरु झिंगाको औंंसाका कारण छालामा गहिरो प्वाल पर्दछ । पशुलाई निको हुन लामो समय लाग्दछ । यस रोगमा द्वितीयक संक्रमण जीवाणुद्वारा भएमा मृत्यु पनि हुन सक्दछ ।

डा. केदार कार्की
जलवायु परिवर्तन वैश्वीक तपन एवम् विविधखाले प्रदुषणका कारण वातावरणमा परेको सम्भावित असरका कारण मानिने जनस्वास्थ्य विगत चार पात्रो वर्षदेखि कोविड-१९ को लहरहरुमा रुमलिएको यथार्थ हामीसँग छ । यस्तोमा एकै परिस्थितिकी प्रणालीमा विचरण गर्ने पशुपंक्षि पो के सुरक्षित होलन ।
विगतदेखिनै खोरेत भ्यागुते चरचरे, पिपि आर, स्वइन फिवर, थुनेलो डेगनाला जस्ता रोगले सताइएका पशुहरु तिनको आवधिक उपचार एवम् रोकथाममा अल्झिएका पशु स्वास्थ्यकर्मीका लागि सर्वप्रथम इ.सं. १९२९ मा अफ्रिकामा पहिलोपटक अनि हाम्रो आफ्नो छिमकी भारतमा इ.सं. २०१९ मा पन्ध्र राज्यहरुमा अभिलिखित भएको लम्पी सीकनडिजीज हाम्रो आफ्नो परिवेशमा इ.सं. २०२१ देखि तराई मधेसका केही प्रदेश का जिल्लाहरुमा देखिन थालेको छ । पशुस्वास्थ्यकर्मीको टाउको दुखेको यति लेमात्र हो ।
लम्पी स्कीन डिजिज विषाणुद्वारा हुने रोग मानिन्छ । यो भाइरस पाकसविरिडेड परिवरा तथा कैप्रिपकस वंशसँगै सम्बन्ध राख्दछ । यो रोग गाईहरुमा तथा एशियाली भैसीहरुमा देखिने गरेको छ । सर्वप्रथम यो रोग अफ्रिकामा इ.सं. १९२९ मा अभिलिखित भएको अभिलेख पाइन्छ । भारतमा यसको पहिलो विरामी अगस्त २०१९ मा अभिलिखित भए यता हालसम्म १५ वटा विभिन्न राज्यमा यो रोग देखापरेको पुष्टि भएको आधिकारिक प्राज्ञिक अभिलेख पाइन्छ ।
हाम्रो आफ्नो परिवेशमा भने इ.सं. २०२१ को वर्षातको बेला सुदूरपश्चिमको कैलाली कञ्चनपुर, एवम् मोरङ्गमा यो रोग देखिएको अभिलेख त्यस क्षेत्रमा कार्यरत पशुचिकित्सककर्मी ले गरेका छन् ।
रोग भाइरसका कारण हुने हुँदा यसको परिचरण सहजरुपमा रहने हुँदा चिन्तित हुनुपर्ने देखिन्छ ।
रोगको संचरण
यस रोगको संचरणको विषयमा अहिले धेरै कम जानकारी छ । तर केही वैज्ञानिकहरुले प्रयोग गरेर बताएका छन् कि यो रोग लामखुट्टे, टोक्ने झिङ्गा तथा किर्नाले यान्त्रिक संचरणद्वारा फैलाउँदछन् । यस बाहेक एउटा इन्जेक्सनको सिरिन्ज निडिललाई धेरै पशु्हरुमा प्रयोग गर्नाले पनि यो भाइरस संक्रमित पशुबाट स्वास्थ्य पुशमा पुग्ने गर्दछ । खुसीको कुरा त यो छ कि यो रोग मानिसमा भने हुँदैन सर्दैैन ।
भाइरसको प्रकृति
लम्पी स्कीन डिजिज भाइरस एक द्वीरेशीय डि.एन.ए. भाइरस हो । यो भाइरस वातावरणमा लोमो समयसम्म बाँच्न सक्दछ । यो भाइरस छालाको निर्जीव गाँठाहरुमा ३३ दिनसम्म बाँच्न सक्दछ । यो भाइरस सूर्यको प्रकाश तथा बोसो घुलनशील पदार्थ भएको डिटरजेन्टले निपकृय हुन्छ । त्यसैले पशुहरुको अन्ध्यारो गोठमा यो भाइरस कैयौं महिनासम्म छालाको सुकेको पाप्रामा बाँच्न सक्दछ ।
यस रोगको संक्रमण दर ५-४५ प्रतिशत तथा मृत्युदर लगभग १० प्रतिशतसम्म हुन्छ । यो भाइरस संक्रमण भएको ७-२१ दिनसम्म रगतमा तथा ४२ दिनसम्म पशुको विर्यमा पाइन्छ ।
लक्ष्यण
यस रोगमा सर्वप्रथम पशुलाई ज्वरो आउँछ तथा पशुको शरीरको तापमान लगभग ४१ डिग्री सेल्सियसदेखि १०५.८ डिग्री फरेनहाइटसम्म बढेर जान्छ । पशु लोसे हुने गर्दछ एवम् दूध उत्पादन कम हुँदै जान्छ । पशुलाई भोक कम लाग्दछ साथै विस्तारै कमजोर हुँदै जान्छ । पशुको आँखा सुन्निन थाल्दछ । आँखाबाट पानी बग्न थाल्छ । र्याल अत्यधिक मात्रामा काड्ने गर्दछ ।
ज्वरो आएको लगभग ४८ घण्टापछि पशुको छालामा ०.५-५ सेन्टिमिटर व्यासको गाँठाहरु देखिन थाल्दछ । यी गाँठाहरु मुख्यतः टाउको, गर्धन, खुट्टा, फाँचो, जननांगहरु एवम् पछाडिको खुट्टाको माथिल्लो भागमा देखिन्छन् । यी गाँठाहरु गोलो साह्रो तथा उठेका हुन्छन् । यी गाँठाहरुको संरचनामा छाला, छालामुनीको तन्तु एवम् मांसपेशीहरु हुने गर्दछ । साना गाँठाहरु केही समय पछि ठीक हुन्छन् । ठूला गाँठाहरुको कोशिकाहरु निर्जिव भएर जान्छन् । त्यसमा फाइब्रोसिस हुने गर्दछ । कहिलेकाहीँ गाँठाहरुमा पिप पनि बन्ने गर्दछ । यी गाँठाहरुमा झिङ्गाले फूल पार्दा औशा परी छालाको गहिरो भागसम्म पुगी तन्तुलाई क्षति पुर्याउन सक्दछ । जसलाई मियासिस भनिन्छ ।
यो भाइरस रगतद्वारा पुरै शरीरमा फैलिन्छ । जसका कारण मुख एवम् पाचन तन्त्रको श्लेष्मा झिल्ली, स्वाशनली एवम् फोक्सोमा घाउखतका सार्थ अल्सर हुने गर्दछ ।
पशुहरुको खुट्टाहरु तथा शरीरको अन्य तल्लो भागमा पनि भरिन्छ जसले गर्दा पशुलाई हिँडडुल गर्न गाह्रो हुन्छ । यस रोगका कारण भाले पशुमा प्रजनन् अक्षमता हुने गर्दछ । गर्भिणी पशुहरुमा गर्भपतन हुनुका साथै कैयौं महिनासम्म ऋतु चक्रको ऋतुकाल देखा पर्दैन ।
यस रोगका कारण कमजोरी, निमोनिया, थुनेलो हुने गर्दछ । छालाको निर्जिव गाँठाहरु झिंगाको औंंसाका कारण छालामा गहिरो प्वाल पर्दछ । पशुलाई निको हुन लामो समय लाग्दछ । यस रोगमा द्वितीयक संक्रमण जीवाणुद्वारा भएमा मृत्यु पनि हुन सक्दछ ।
रोग निदान
लक्षणहरुद्वारा रोगको निदान गर्न सकिन्छ । एल.एस.डी. भाइरस पशुहरुको रगत, र्याल, आँखा तथा नाकको श्राव तथा वीर्यमा प्रयोगशालामा पालिमरेज श्रृखला अमिक्रिया पि.सि.आरद्वारा पहिचान गर्न सकिन्छ ।
रोगको उपचार
यस भाइरसको संक्रमणको उपचारका लागि कुनै प्रभावकारी औषधि त उपलब्ध छैन । तर द्वितीयक संक्रणलाई रोक्नका लागि एन्टिवायोटिक इन्जेक्सन सुन्निने प्रतिरोधक औषधि, हिस्टामिन प्रतिरोधक औषधि तथा मल्टिभिटामिनको प्रयोग गर्न सकिन्छ । छालाको गाँठा तथा घाउ धुन निम तथा करङजको तेलले धुन सललाह दिइन्छ ।
निदलिङग एल.एस.डि. स्ट्रेनको जीवित निष्कृय खोप लम्पीवेकसद्वारा यस रोगबाट बचाउन सम्भव छ । केही देशहरुमा यस रोगबाट संक्रमित पशुहरुलाई बध गरी संक्रमण फैलिन नदिने गरिन्छ ।
रोकथाम तथा नियन्त्रण
यसरोगको रोकथामको लागि टीकाकराण सबैभन्दा उत्तम उपाय मानिन्छ । निदलिङग एल.एस.डि. स्ट्रेनको जीवित निष्कृय खोप लम्पीवेकसद्वारा यस रोगबाट बचाउन सम्भव छ । केही देशहरुमा यस रोगबाट संक्रमित पशुहरुलाई बध गरी संक्रमण फैलिन नदिने गरिन्छ । यस बाहेक केही वैज्ञानिकहरुले गाई प्रजातिमा गोटपकस शीपकपसको खोप प्रयोग गरेर पनि यस रोगविरुद्ध प्रतिरोधक क्षमता विकाश गर्न सफल भएको प्राज्ञिक अभिलेख भेटिन्छ ।
यस रोगको प्रकोप कुनै क्षेत्रको पशुहरुमा देखिएपछि त्यसक्षेत्रको २५-५० किलो मिटरसम्मको क्षेत्रमा बसै पशुहरुलाई टीकाकरण गर्नुपर्ने हुन्छ । त्यस क्षेत्रमा पशुहरु तथा सवारी आवागमन रोग लगाउनु पर्दछ । पशुहरुमा हुने चोटपटक टाउखटिरामा झिङ्गा भन्किन नदिन तथा औंसापरे तारपिनको तेल प्रयोग गरी निर्मूल गर्नु पर्दछ । पशुको खोर गोठ नियमित सरसफाइ तथा निसंक्रमण गर्नुपर्ने हुन्छ । गोठमा सँधै घाम तथा हावाको उचित निकाससँगै सुख्खा राख्नु पर्दछ ।
यदि बथानमा कुनै नयाँ पशु ल्याएमा १४ दिनसम्म अरु पशुहरु भन्दा भिन्दै राख्नु पर्दछ । जुन देशहरुमा यो रोग देखापरेको छ, त्यस देशहरुबाट पशु उत्पादनहरु आयातमा प्रतिवन्ध लगाउनु पर्दछ । पशुको मृत्यु भएमा पशुलाई उचित प्रकार किटाणुनाशक विधिद्वारा गाड्नु पर्दछ । साथै मृत पशुको छेउछाउको ठाउँलाई पानी राम्रोसित सरसफाइ गरी निसंक्रमण गरिनु पर्दछ ।
र अन्त्यमा
यस रोगमा पशुमा हुने कमजोरी दूध उत्पादनमा हुने ह्रास, पारवाहन एवम् खनजोत गर्ने शक्तिमा हुने ह्रास, प्रजनन् अक्षमता, द्वितीयक संक्रमण जिवाणुका कारण हुने मृत्युले कृषका लागि धेरै ठूलो आर्थिक नोक्सानी हुने त गर्दछ तर पनि यस रोगको दुरुत लक्षण पहिचान गरी उचित सहयोगी उपचरा सेवा एवम् रोकथामका उपाय दुरुतरुपमा गर्ने हो भने रोग फैलिनमात्र नभइ रोगबाट हुने क्षति न्यूनिकरण गर्न सकिन्छ । तर भन्न सकिन्न मानव समुदायमा विगत ४ पात्रो वर्षदेखि देखिएको कोभिड-१९ को उपचार एवम् रोकथामको लागि हाम्रो व्यवस्थापकीय क्षमता दक्षता प्रभावकारीता हेर्दा पशुजन्य रोगबारे आशावादी हुने ठाँउ धेरै थोरै छ ।