लायन्सका पदाधिकारीलाई स्कुलिङ कार्यक्रम सम्पन्न
Saturday, July 4th, 2026, 8:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० असार
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपाल एरिया नम्बर ४ ले शनिबार नेपालगन्जमा क्लब पदाधिकारीहरुलाई स्कुलिङ कार्यक्रम गर्दै लायन्सको महत्वको बारेमा प्रशिक्षित गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपाल एरिया नम्बर ४ अध्यक्ष विन्दु चर्तिमगरको अध्यक्षतामा भएको स्कुलिङ कार्यक्रममा ३२ क्लबका करिब १ सय १५ जनाको सहभागित रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा मल्टिपल को–अर्डिनेटर लायन मधुसुधन शर्मा, इमिडिएट पास्ट डिस्ट्रिक गर्भनर लायन ज्ञानेन्द्र कुमार श्रेष्ठ, सेकेण्ड भिडिजी लायन चिन्तामणी धिताल, पिडिजी लायन मुकुट ढकाल, सिनियर एक्जुकेटिभ चिफ लायन उमा थापा मगर, सिनियर एक्जुकेटिभ चिफ लायन कृष्ण प्रसाद श्रेष्ठ, एक्जुकेटिभ चिफ लायन राजेन्द्रप्रसाद रिजाललगायतले सहभागिता रहेको थियो । उद्घाटन सत्र पश्चात भएको तालिम सत्रमा कार्यक्रमका सहभागिहरुलाई क्लब र डिष्ट्रिकको सम्बन्ध, समन्वय र सहकार्यको बारेमा लायन चिन्तामणी धिताल, पुर्व पिडिजी मुकुट ढकालले, क्लब पदाधिकारीको काम, कर्तव्य र अधिकारको बारेमा लायन उमा थापा मगरले, लायन्स र संचार सीपको बारेमा लायन शंकर प्रसाद खनालले तथा लायन्स पोर्टलको बारेमा लायन राजेन्द्रप्रसाद रिजालले सहजीकरण गर्नु भएको थियो ।