बेवारिसे लागूऔषध र कपडा बरामद
Wednesday, July 13th, 2022, 8:39 pm
Kalpristha
सशस्त्र प्रहरी र प्रहरीले बुधबार लागूऔषध र अवैध कपडा बरामद गरेको छ । सशस्त्र प्रहरीले नेपालगन्जको सिमा नाका नजिकैबाट अवैधरुपमा राखिएको लागूऔषध र जिल्ला प्रहरीले भाटनपुुर्वाबाट अवैध कपडा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल जमुनाह बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक अर्जुन कार्कीको कमान्डमा सीमा नाकामा खटिएको टोलीले बुधबार बिहान साढे ११ बजे नेपालगन्ज उप-महानगरपालिका-१५ जमुनाह गाउँ नजिकै बेवारिसे अवस्थामा राखिएको लागूऔषध ट्रमाडोल क्याप्सुल बरामद गरेको छ ।
सिमा नाका नजिकै शंकास्पद तरिकाले प्लास्टिकमा बेरेर राखिएको अवस्थामा चेक जाँचका क्रममा सशस्त्र प्रहरीले ४ सय ८० क्याप्सुल ट्रमाडोल लागूऔषध बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय हिरमिनियाले नेपालगन्ज उप-महानगरपालिका – १४ भाटनपुर्वा २ लाख १७ हजार १ सय रुपैयाँको लत्ता कपडा बेवारिसे अवस्थामा फेला पारेको छ । जसमा
लेडिज कुर्ता सुरुवाल १ सय ९६ पिस, कोट पाइन्ट कपडा १९ पिस र लेडिज सल २१ पिस रहेको प्रहरीले जनाएको छ ।
मंगलबार पनि सशस्त्र प्रहरीको जमुनाह बिओपीले नेपालगन्ज भन्सार कार्यालय अगाडिबाट एक जना र जमुनाह गाउँबाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइसकेको छ ।