कोरोना बिमितलाई एक अर्ब ८१ करोड वितरण गरिने
Wednesday, November 2nd, 2022, 5:40 pm
Kalpristha
कोरोना बीमाका बिमितलाई पहिलो चरणमा एक अर्ब ८१ करोड रुपियाँ वितरण गरिने भएको छ ।
सरकारले एक अर्ब रुपियाँ निकासा गरिदिएपछि बीमा कम्पनी, पुनर्बिमा कम्पनी र बीमा समितिबाट कुल ८१ करोड थपगरी एक अर्ब ८१ करोड रुपियाँ बिमितलाई वितरण गरिने बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए ।
अहिले बिमितलाई भुक्तानी गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको र यसको जवाफ आउने बित्तिकै वितरणको प्रक्रिया थालिने उहाँको भनाइ छ ।
सरकारले निकासा गरेको एक अर्ब रुपियाँ सहित बीमा कम्पनी, बीमा समिति र पुनर्विमा कम्पनीले थप गरेको ८१ करोड रुपिँया सहित बिमितलाई एक अर्ब ८१ करोड रुपियाँ वितरण गर्न लागिएको छ ।
केही रकम भुक्तानीपछि बाँकी रकम भुक्तानीका लागि बीमा समितिले दुई वटा विकल्प अर्थ मन्त्रालयमा पठाएको थियो । त्यसमध्ये दोस्रो विकल्पमा भुक्तानी दिन बाँकी रकम मध्ये सरकारले ५५ प्रतिशत र ४५ प्रतिशत रकमबीमा समिति, पुनर्बिमा कम्पनी र बीमा समितिले व्यहोर्ने उल्लेख छ ।
त्यही विकल्प अनुसार सरकारले दिएको एक अर्बलाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत रकम बीमा समिति, पुनर्विमा कम्पनी र बीमा कम्पनीले थपगरी भुक्तानी दिन लागिएको हो । जस अनुसार १२ प्रतिशत रकम पुन र्बिमा कम्पनी, २५ प्रतिशत बीमा कम्पनी र ८ प्रतिशत बीमा समितिले व्यहोर्ने पौडेलले जानकारी दिए ।
पहिलो चरणमा वितरण हुने भुक्तानी सबै विमितलाई दिन नपुग्ने भएकाले पहिलो चरणमा सरकारी कर्मचारी, र संघ संस्थाले बीमा गरिदिएका विमितलाई भुक्तानी नदिने विषयमा समेत निर्णय भएको समितिका प्रवक्ता राजु रमण पौडेलले बताए ।
पहिलो चरणमा वितरण हुने भुक्तानी सबै विमितलाई दिननपुग्ने भएकाले पहिलो चरणमा सरकारी कर्मचारी, र संघ संस्थाले बीमा गरिदिएका विमितलाई भुक्तानी नदिने विषयमा समेत निर्णय भएको समितिका प्रवक्ता राजुरमण पौडेलले बताए ।
सर्वसाधारण मध्ये सबैभन्दा पहिले कोरोना बीमा बापतको भुक्तानी दावी गर्ने बिमितलाई नै पहिले भुक्तानी गरिने पौडेलको भनाइ छ । कोरोना बीमा लेख अन्तर्गत १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेका थिए । बीमा गरेका मध्ये एक लाख ६२ हजार ३४६ जनाले कोरोना बीमा भुक्तानी दावी गरेका छन् ।
दाबीमध्ये ५० हजार ४४७ जनाले भुक्तानी पाइसकेका छन् । सरकारले भुक्तानी गर्नुपर्ने रकम साढे १० अर्बको हाराहारीमा रहेको छ ।