पर्यवेक्षकहरुलाई बासको अभिमुखिकरण
Friday, November 11th, 2022, 8:01 pm
Kalpristha
बास नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा पर्यबेक्षण गर्ने पर्यवेक्षकलाई एक दिने अभिमुखिकरण गरेको छ ।
स्थानीय तहको निर्वाचनमा पर्यबेक्षण गरिसकेको बासले मंसिर ४ गते हुने निर्वाचनमा समेत पर्यवेक्षण अनुमति पाएपछि देश भरि ७७ ओटै जिल्लामा २६२ जना पर्यवेक्षक खटाएर पर्यवेक्षण गरिरहेका छ ।
पर्यवेक्षण पूर्व, पर्यवेक्षणको दिन र पर्यवेक्षण पश्चात पर्यवेक्षकले निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा पर्यव्क्षकलाई अभिमुखिकरण गरिएको हो । अभिमुखिकरण कार्यक्रममा निर्वाचन आयोगले पर्यवेक्षण गर्ने संस्थाहरुको छनौट, पर्यवेक्षण विधि, बासले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देश भरी नै गरिरहेको पर्यवेक्षणको बारेमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए ।
नेपालगन्जमा भएको कार्यक्रममा निर्वाचन पर्यवेक्षण के हो, पर्यवेक्षण कसरी गर्ने, पर्यवेक्षकको दायित्व, भूमिका र रिपोर्टिग प्रक्रियाका विषयमा बासका निर्देशक हेमराज भट्टले सहजिकरण गरेका थिए ।
अभिमुखिकरणमा बोल्दै बासका निर्वतमान अध्यक्ष तथा बास पर्यवेक्षण समितिका संयोजक रमेश सिटौलाले संस्थाको गरिमा बढ्नेगरी निष्पक्ष रुपमा पर्यवेक्षण गर्न सबै पर्यवेक्षकहरुलाई अनुरोध गरे ।
यसैगरी बासका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष शिव कुमार बर्माले पर्यवेक्षण आचारसंहिता पूर्ण रुपमा पालना गर्दै निष्पक्ष, स्वतन्त्र रुपमा कार्य गर्न सबैलाई अनुरोध गरे ।
बासले आज सहभागिता जनाउन नसकेका पर्यवेक्षकहरुकालागि अनलाईन माध्यमबाट अभिमुखिकरण गर्ने छ ।
स्थानीय तहमा समेत ७७ ओटै जिल्लामा निर्वाचन पर्यबेक्षण गरेको बासले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देशभरीमा २६२ जना पर्यबेक्षक खटाएर पर्यवेक्षण गरिरहेको छ ।
कार्यक्रम पश्चात पर्यवेक्षकहरुलाई निर्वाचन पर्यवेक्षण सामाग्री बितरण गरिएको थियो । बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको अभिमुखिकरणमा ६० बढीको सहभागिता रहेको थियो ।