राष्ट्रिय मानव अधिकार मञ्च बाँकेका कार्यसमितिद्धारा पदभार ग्रहण
Saturday, November 12th, 2022, 6:03 pm
Kalpristha
कोहलपुर : बाँकेमा राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेका कार्यसमितिहरुद्धारा पदभार ग्रहण गरेका छन् । शनिबार बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको प्रमुख अतिथित्यतामा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार मञ्च नेपालका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद घिमिरेले कार्यसमितिलाई पदभार ग्रहण गराएका हुन् ।
राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेको कार्र्तिक १७ गते बसेको भेलाले राम बहादुर मल्लको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको थियो भने संस्थापक सदस्य र साधारण सदस्य गरी १८ जना रहेका छन् । कार्यसमितिको उपाध्यक्षमा अञ्जना पाण्डे, सचिवमा एकराज शर्मा, सह—सचिवमा राजन कँडेल र कोषाध्यक्षमा शिवध्वज शाही छन् ।
यस्तै सदस्यहरुमा धर्मराज सुनार, विरेन्द्र यादव, पतिराम थारु, सुनिता कुमारी सिंह, डा.शिशिर रेग्मी, नन्दा घिमिरे, मान बहादुर शाही र डा. राजेश केसी छन् ।
यस्तै संस्थापक सदस्यद्धय डिल्ली शाही, बाल कुमार शर्मा र साधारण सदस्यहरुमा भगवती पोख्रेल, किशोर भण्डारी र गोकर्ण बहादुर शाही छन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले सम्पूर्ण व्यक्तिहरुसंग सरोकार राख्ने विषय भएकोले कानून अनुसार काम कारवाहीहरु पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिएका थिए । कसैको दवाव, प्रलोेभन नपरी समाजमा रहेको हरेक मानव अधिकारका पक्षमा बोल्ने छ भन्दै प्रमुख जिल्ला अधिकारी खत्रीले पदभार ग्रहण गरेका कार्यसमिति तथा संस्थापक सदस्य र साधारण सदस्यहरुलाई कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
यस्तै पदभार ग्रहण गर्दै राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेका अध्यक्ष राम बहादुर मल्लले मानव अधिकारका पक्षमा वकालत गर्नेमा जोड दिएका थिए ।
यस्तै कार्यक्रममा राष्ट्रिय मानव अधिकार मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष गोपाल प्रसाद घिमिरे, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका प्रमुख द्धारीका अधिकारी, राष्ट्रिय मानव अधिकार मञ्च नेपाल केन्द्रिय सचिव के.वि. बस्नेत, राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेका संयोजक जी.वि. घिमिरे, नेपाली काँग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौडेल, प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारी लगायत बुद्धिजीवी, समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।