युवाहरुको आसाको किरण बनेका रत्न
Monday, November 28th, 2022, 9:18 pm
Kalpristha
अहिले बाँकेमा थुप्रै युवाहरुको आसाको किरण बनेका छन् रत्न । उनको कार्यकालले रजानीतिमा युवाहरुको भविष्यलाई एउटा सन्देश दिन सक्छ ।
अब आउने पाँच वर्षे कार्यकालमा उनले आफनो क्षेत्रका युवाहरुको मनोभावना र समाजलाई कसरी विकासको बाटो लग्नेछन् भन्ने परिक्षाको विषय बन्नेछ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ मंसिर
रत्न बाँकेको राजनीतिक वृतमा चर्चित नाम हो । विद्यार्थीदेखी उनले नेपाली समाजको परिवर्तनमा सक्रिय भएर काम गर्न सुरु गरिसकेका थिए । विद्यार्थी राजनितिबाट उदाएका रत्नले नेकपा एमालेबाँकेको सचिव भएर दोस्रो कार्यकाल जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
विद्यार्थी जीवनबाटै प्रभावशाली कम्युनिष्ट नेताको छबि बनाएका रत्नले लुम्बिनी प्रदेशसभाको सदस्य सम्मको यात्रा तय गरिसकेका छन् । हालै सम्पन्न प्रदेशसभा निर्वाचनमा रत्न बाँके क्षेत्र नम्बर ३(१)बाट निर्वाचत हुन सफल भए । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारसँगै नेपाली राजनीतिमा उदाएका स्वतन्त्र व्यक्तिलाई पन्छाउँदै रत्नले प्रदेशसभा सदस्यमा सफलता हासिल गरे । जुन उनका लागि त्यति सहज थिएन ।
पहिलो पटक आम निर्वाचनमा प्रतिस्पर्धा गरेका रत्नलाई बाँके क्षेत्र नम्बर ३(१)का जनताले आफनो लोकप्रिय नेताका रुपमा मान्दै विजयी गराई दिएका छन् ।

………..
विद्यालय स्तरबाटै कम्युनिष्ट राजनीतिको अनुयायी बनेका उनी बाँकेमा सदाबहार चर्चामा रहने नेता हुन् । उनले जनआन्दोलन २०६२–६३ मा जिल्लाको नेतृत्व तहमा काम गरेर आफुलाई अझ अब्बल सावित गरेका थिए । महेन्द्र बहुमुखी क्याम्पसको सभापति पछि रत्नले ठुलो जिम्मेवारी बहन गर्ने अवसर पाए ।
करिब तीनदशकदेखि बाँकेको राजनीतिमा सक्रिय रहेका खत्रीले विद्यार्थी राजनीतिमा महेन्द्र बहुमुखी क्याम्पस नेपालको स्ववियु सभापतिमा निर्वाचित भएपछि बाँकेमा बिश्वविद्यालय स्थापनाको लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
दोश्रो जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दा तत्कालिन समयमा सुरक्षा निकायले धरपकड तथा मरणासन्न हुनेगरी उनलाई कुटपिट गरिएको थियो । लामो समय भूमिगत र प्रहरी हिरासतमा समेत उनी बसेका थिए । एमाले निकट अनेरास्ववियुकोे केन्द्रीय प्रचार विभाग प्रमुखको रुपमा काम गरेपछि उनले एमाले बाँकेको जिल्ला कमिटी सदस्य, उप–सचिव र हाल दोश्रो कार्यकाल सचिवको रुपमा कार्यरत छन् ।
सुर्खेतको सिम्तामा जन्मिएपनि उनको बाल्यकाल बाँकेमा बित्यो । राजनीतिक कार्यक्षेत्र पनि बाँकेको बैजनाथ र खजुरा गाउँपालिकालाई बनाए । तत्कालिन जिल्ला विकास समिति बाँकेमा एमालेको तर्फबाट दलीय प्रतिनिधी र स्थानीय शान्ति समितिको प्रतिनिधी हुँदा उनले क्षेत्र र जिल्लाको विकास निर्माण र शान्ति स्थापनामा भूमिका निर्वाह गरे ।
समकालिन राजनीतिमा पार्टीको शीर्ष नेतृत्वसँग निकटको समबन्ध बनाएका खत्री जिल्लामा पार्टीगत मात्रै नभएर फरक पार्टीका नेता कार्यकर्ता र नागरिक समाज तथा विभिन्न पेशाकर्मीसँग पनि समान सम्बन्ध बनाउन सफल छन् ।
राजनीतिमा पूर्णकालिन भएर लागेका खत्रीले राजनीति शास्त्रमा एमए उत्तिर्ण गरेका छन् । प्रष्टसँग आफ्ना कुरा राख्न सक्ने कुशल बक्ताको रुपमा रहेका छन् ।
विद्यार्थी राजनीतिको अनुभवले होला रत्न आफनो क्षेत्रका समस्यालाई गहन रुपमा बुझने सक्ने नेता हुन् । विगतमा उनले पाएको जिम्मेवारीलाई सफलता पुर्वक सम्पन्न गरेका छन् । अब उनको काधमा नयाँ जिम्मेवारी दिएको, त्यो हो परिवर्तनशील समाजलाई कसरी समृद्धिको बाटो लग्ने ।
अहिले देशका नेतृत्व गरिरहेका प्रमुख पार्टीले जनताको चाहना अनुसार विकासको गतिलाई अगाडी बढाउन सकिरहेका छैनन । जनताको चाहना अनुसार विकासले फड्को मार्न सकिरहेको छैन । युवाहरुमा राजनीति प्रति आर्कषण भन्दा विकर्षण धेरै देखिन्छ । यस्तोमा युवाहरुमा नयाँ आसा जगाउने नेता हुन रत्न । अहिले बाँकेमा थुप्रै युवाहरुको आसाको किरण बनेका छन् रत्न । उनको कार्यकालले रजानीतिमा युवाहरुको भविष्यलाई एउटा सन्देश दिन सक्छ ।
अब आउने पाँच वर्षे कार्यकालमा उनले आफनो क्षेत्रका युवाहरुको मनोभावना र समाजलाई कसरी विकासको बाटो लग्नेछन् भन्ने परिक्षाको विषय बन्नेछ ।