बदर मतको संख्या बढ्दैं
Monday, November 28th, 2022, 9:20 pm
Kalpristha
प्रभावकारी मतदाता शिक्षा, जनमतको कदर गर्नेआयोगकोफराकिलो गणना शैली र सजिलो मतपत्र हुँदापनि बदरमतको संख्यामा कमि नआउनुले जनतामा स्थानिय जनप्रतिनिधि मात्रै हामीलाई चाहिन्छन् भन्ने मनोभावना झल्किएको
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, १२ मंसिर
हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा अनपेक्षित रुपमा मत बदर भएको पाईएको छ । गत बैशाखमा भएको स्थानिय तहको निर्वाचन भन्दा पनि फराकिलो तरिकाले जनमतको कदर गर्ने गरि निर्वाचन आयोगले परिपत्र गरेपनि बदरमतको संख्यासोचे भन्दा फरक आएको निर्वाचन कार्यालयले जनाएको छ ।
बाँकेको ३ नम्बर निर्वाचन क्षेत्रमा खसेको ७४ हजार १ सय ८२ मत खसेको थियो । त्यसमा५ हजार १ सय ८ मत बदर भयो । २ नम्बर निर्वाचन क्षेत्रमा खसेको ६७ हजार ५ सय ५१ मत मध्ये ४ हजार ९ सय ५० मत बदर भएको छ ।
यसैगरी १ नम्बर निर्वाचन क्षेत्रमा खसेको ७५ हजार ९ सय ४७ मतमा ५ हजार १ सय ६३ मत बदर भएको निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
यस्तै प्रदेश सभा सदस्यका लागि ३ नम्बर निर्वाचन क्षेत्रको ‘क’मा खसेको ४० हजार २ सय ३२ मत मध्ये २ हजार ८७ मत बदर भयो ।३ नम्बर निर्वाचन क्षेत्रको ‘ख’मा खसेको ३३ हजार ७ सय ३५ मतमा १ हजार ९ सय ८८ मत बदर भएको छ ।
२ नम्बर निर्वाचन क्षेत्रको ‘क’मा खसेको ३५ हजार ८ सय ८६ मत मध्ये २ हजार ३ सय ८३ मत र ‘ख’मा ३१ हजार ५ सय ९५ मतमा १५ सय ३८ मत बदर भएको छ ।
३३ हजार ९ सय ५ मत खसेको १ नम्बर निर्वाचन क्षेत्रको ‘क’मा २ हजार २ सय ६ मत बदर पाईयो । १९ सय ४८ बदर मत भेटिएको १ नम्बर निर्वाचन क्षेत्रको ‘ख’मा भने ४१ हजार २ सय ४३ मत खसेका थियो ।
यसैगरि बाँके जिल्लामा प्रतिनिधि सभाको समानुपातिक तर्फ २ लाख १७ हजार ८ सय ९६ खसेको मत मध्ये १६ हजार मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी युवराज पन्तले जानकारी दिए ।
यस्तै प्रदेश सभाको समानुपातिक तर्फ २ लाख १६ हजार ९ सय २ मत खसेको थियो भने, त्यसमध्य २० हजार ४ सय ९१ मत बदर भेटियो ।
मतदाता शिक्षाको अभाव, दलहरु विचको असहमति र निर्वाचनप्रति मतदाताको अपनत्व नहुनु जस्ता कारणले मत बदरको संख्या बढेको हुनसक्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले बताईन् । उनका अनुसार
यो निर्वाचनमा मतगणना गर्नेबेलामा कोठा भन्दा बाहिर र कुनै एउटा चिन्हमा झुकाव मात्रै छ, भनेपनि झुकाव भएको चिन्हको मत मानेर गणना गर्नु, पट्याउदा लत्पतिएको मतपत्रमा पनि सुल्टो स्वस्तिक छाप भएको चिन्हको मत मानेर गणना गर्नु र एउटा मतपेटिकामा खसाल्नुपर्ने मत अर्को पेटिकामा खसेको भेटिएपनि त्यसलाई समेत सदर मानेर गणना गर्नु भनेर आयोगले नै परिपत्र गरेको थियो । तरपनि मत बदरको अवस्था गम्भिर रहेको निर्वाचन कार्यालय प्रमुख रमा पन्तले बताईन् ।
‘मतगणनाका क्रममा कस्तो सम्म भेटियो भने, कलम लिन बर्जित गरेको मतदान स्थलमा कलमले ‘नो भोट’ लेखेको पाईयो । ५–६ वटा सम्म चिन्हमा स्वस्तिक छाप हानेको देखियो । अझ जानिजानि पनि बदमासी गरेर मतदाताले मत आफै बदर गरेको पाईयो । हाम्रै नेतृत्वमा २ वटा निर्वाचन सम्पन्न ग¥यौं । तर, गत स्थानिय तहको निर्वाचनमा जस्तो अपनत्व र उत्साह प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पाईएन । सायद प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जितेर जाने नेताहरुप्रति जनताको अविश्वास हुनसक्छ ।’
प्रभावकारी मतदाता शिक्षा, जनमतको कदर गर्ने आयोगकोफराकिलो गणना शैली र सजिलो मतपत्र हुँदापनि बदरमतको संख्यामा कमि नआउनुलेजनतामा स्थानिय जनप्रतिनिधि मात्रै हामीलाई चाहिन्छन् भन्ने मनोभावना झल्किएकोभन्दै जिल्ला निर्वाचन कार्यालयका प्रमुख पन्तलेस्थानिय तहको निर्वाचनमा जस्तो मतदातामा उत्साह नभएको बताईन् ।
गत स्थानिय तहको चुनावमा २ लाख ४५ हजार ३ सय ३८ मत खसेकोमा ३४ हजार मत बदर भएको पाईएको थियो । जुन कुल मतको १२.७७ प्रतिशत हो ।