नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिइदैं
Monday, November 28th, 2022, 9:32 pm
Kalpristha
बैठकले कार्यक्रमलाई ब्यवस्थित, मर्यादित र सबैको साझाँकार्यक्रमको रुपमा स्थापित गर्न यस क्षेत्रका सबै बर्ग र क्षेत्रको सहभागिताहुने गरी तयारीलाई तिब्रता दिने निर्णय गरेको छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ मंसिर
भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर आगामी मंसिर २३ गते नेपालगन्जमा हुन लागेको भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिईएको छ । नेपालगन्जमा दोस्रो पटक वाकाथन हुँदैछ ।
नेपालगन्ज वाकाथन तयारी मुलसमिति संयोजक रमेश सिटौलाको संयोजकत्वमा सोमबार बसेको बैठकले कार्यक्रमको कार्यतालिका र विभिन्न उप–समिति गठन गरेको छ । बैठकले कार्यक्रमलाई ब्यवस्थित, मर्यादित र सबैको साझाँकार्यक्रमको रुपमा स्थापित गर्न यस क्षेत्रका सबै बर्ग र क्षेत्रको सहभागिताहुने गरी तयारीलाई तिब्रता दिने निर्णय गरेको छ ।
भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं भन्ने नाराका साथ आयोजना हुने कार्यक्रमको व्यवस्थापनको लागि बासका केन्द्रीय उपाध्यक्ष शिबकुमार बर्मालाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
यसैगरी आर्थिक उप–समिति संयोजकमा मन भण्डारी, समारोह ब्यवस्थापन उप–समिति संयोजकमा अन्तरालका प्रमुख कार्यकारी जय नारायण शाह, समन्वय उप–समिति संयोजकमा नमस्कार शाह, सांस्कृतीक उप–समिति संयोजकमा रबिन्द्र बोहरालाई जिम्मेवारी तोकिएको छ । कार्यक्रमको प्रचार– प्रसार उप–समितिको जिम्मेवारी बासका निर्देशक हेमराज भट्टलाई दिईएको छ ।
यसैगरी बैठकले वाकाथनको रुट फाईनल गरेको छ । नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई जिल्ला प्रशासन कार्यालय, त्रिभुवन चौक हुदै बिपि चौकमा गएर समापन हुने कार्यतालिका रहेको छ । वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रर्दशनी, सडक नाटक, पर्चा, पम्लपेट बितरण, बिभिन्न प्रतियोगिता लगायतका गतिविधिहरु हुने छन् ।
कार्यक्रममा जो कोहीपनि स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरुमा अपिल गरिएको छ । दोश्रो पटक गर्न लागिएको वाकाथनले भ्रष्टाचार बिरुद्ध जागरण ल्याउने र नेपालगन्जको पहिचानलाई व्यापकता दिने अपेक्षा गरिएको छ । सन् २००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघीय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धि पारित भएको थियो ।
यसैगरी बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा बसेको बास सचिवालय बैठकले बासको २२औं बार्षिकोत्सबलाई भब्यताका साथ सम्पन्न गर्ने जिम्मेवारी वाडफाड गरेको छ ।
मंसिर २४ गते नेपालगन्जमा हुने बार्षिकोत्सबको तयारीको लागि बार्षिकोत्सब समारोह ब्यवस्थापन समिति संयोजकमा बासका निर्वतमान अध्यक्ष रमेश सिटौलालाई जिम्मेवारी प्रदान गरिएको छ ।
यसैगरी समन्वय समिति संयोजकमा हेमराज भट्ट, स्वयम्सेवक समितिमा तपेन्द्र बहादुर मलाती, सांस्कृतिक समितिमा दिला शाह, आर्थिक समितिमा कल्पना अधिकारी र उत्कृष्ट शाखा तथा कर्मचारी छनौट समितिको संयोजकमा शिबकुमार बर्मालाई जिम्मेवारी दिईएको बासका सुचना अधिकारी हेमराज भट्ट जनाएका छन् ।