समानुपातिकबाट सांसद बन्ने सुचिमा परिन बाँकेकी आसा विक
Friday, December 9th, 2022, 2:00 pm
Kalpristha
बाँकेकी नेता संविधान सभा सदस्य आसा विक कांग्रेसको समानुपातिक कोटाबाट सांसद बन्ने २८ महिलाको प्रारम्भिक सुचीमा परेकी छिन् ।
निर्वाचन आयोग नेपालले समानुपातिक तर्फको मत गणना सम्पन्न गरिसकेको छ । प्रत्यक्ष निर्वाचनमा सर्वाधिक सिट जितेको नेपाली कांग्रेसले समानुपातिकबाट ३२ सिट पाएको छ ।
प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेसमा एकमात्र महिला उमेदवारले जितेका कारण समानुपातिकतर्फ जम्मा तीन वा चारजना मात्र पुरुषले अवसर पाउने भएका छन् । संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने संवैधानिक बाध्यताका कारण कांग्रेसका समानुपातिकतर्फका धेरै जना पुरुषहरु भने समानुपातिकतर्फको सूचीमै सीमित हुन लागेका छन् ।
समानुपातिकतर्फ २८ जना महिला अनिवार्य भएकाले बढीमा चारजना पुरुष पर्ने सम्भावना रहेको छ ।
कांग्रेसका तर्फबाट सांसद बन्ने २८ महिलाहरुको सुचिमा आदिवासी जनजातितर्फबाट सरस्वती बजिमय, लिलादेवी बोखिम, सीता कुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर,मनोरमा सेरचन, अञ्जनी श्रेष्ठ रहेका छन् ।
यसैगरी खस आर्यतर्फबाट अम्बिका बस्नेत, सरिता प्रसाई, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तीका सेजुवाल, मैना रावल कार्की परेकी छिन् । मधेसी तर्फको कोटाबाट नागिना यादव, मुक्ता कुमारी यादव, चन्दा चौधरी, संगिता मण्डल, निनुकुमारी कर्ण( वैकल्पिकमा विमलेन्द्र निधि) रहेकी छिन् ।
यसैगरी दलित तर्फबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक र विष्णुमाया परियार( विकल्पमा जीवन परियार) परेकी छिन् ।
थारु तर्फ कल्पना चौधरी, विना कुमारी थनेत(वैकल्पिक योगेन्द्र चौधरी),मुस्लिम तर्फबाट जावेदा खातुन, फर्मुल्लाह मन्सुर र तीनजना पुरुष विकल्प सहितमा गोपालमान श्रेष्ठ( विकल्पमा अञ्जली श्रेष्ठ), विमलेन्द्र निधि–निनुकुमारी कर्ण, प्रकाशशरण महत(विकल्पमा उमा दाहाल), जीवन परियार (विकल्प विष्णुमाया परियार) परेका छन् ।