फरक पुस्ताबिच आत्मीय सम्बन्धको विकास गर्दै युरो वेवी जोन स्कुल
Friday, December 9th, 2022, 9:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ मंसिर
फरक पुस्ताहरु बिच आत्मीय सम्बन्धको विकास गर्ने वातावरणको विकास गर्ने उद्देश्य सहित बाँके नेपालगन्जको युरो वेवी जोन स्कुलले नयाँ कार्यक्रमको सुरुआत गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिका– १८ मा अवस्थित युरो वेवी जोनले ‘आर्ट एण्ड क्राफ्ट एक्जिभिशन’ गरेको छ । युरो वेवी जोन स्कुलले ‘ग्य्राण्ड प्यारेन्ट्स डे’ को अवसरमा विद्यार्थीले बनाएका विभिन्न वस्तुहरुको प्रदर्शनी गरिएको थियो ।

…..

…..
स्मार्ट अवधारणाबाट सन्चालित सो स्कुलले आफ्नो पाठ्यक्रममा समावेस गरेको सो प्रर्दशनी कार्यक्रम ‘ग्य्राण्ड प्यारेन्स डे’को अवसरमा सन्चालन गरेको स्कुलले जनाएको छ ।
बालबालिकाका बुवा–आमासँग कुनै न कुनै अवसरमा भेट भैरहने भएपनि हजुरबुवा–हजुरआमाहरुसंग भने स्कुलमा विद्यार्थीहरुसंगै भेट हुने अवसरहरु नहुने भएकाले पनि यो कार्यक्रमको अवधारणा ल्याएको युरो वेवी जोन स्कुलकी प्रिन्सिपल निर्जला महर्जनले बताइन् । महर्जनले स्वागत मन्तव्य राखेको कार्यक्रममा उनिसहित शिक्षकहरुको टीमले अभिभावकहरुलाई सम्मान गरेका थिए । सो अवसरमा बाबुनानीहरुले उनीहरुका हजुरवुवा–हजुरआमाहरुको अगाडी आफ्नो सिकाई आदान–प्रदान गरेका थिए ।

……

…..
हजुरवुवा–हजुरआमाहरुले आफ्ना नाति–नातिनिहरुले कसरी सिक्ने रहेछन् भनेर जान्ने अवसर पनि भएको प्रिन्सिपल महर्जनले बताइन् । उनले यस कार्यक्रमले बालबालिकाहरुमा आत्मविश्वास बढाउने र दुई फरक पुस्ता विचको सामिप्यता बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमका अवसरमा युरो वेवी जोनमा अध्यनरत विद्यार्थीहरुले आफुले तयार पारेका विभिन्न सिकाई सामाग्री प्रदर्शनी, नृत्य, गायन, वक्तृत्वकला लगायतका इभेन्टहरु आयोजना गरिएको थियो ।
यसैगरी युरो वेवी जोन स्कुलले शिक्षा संगै विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्वको ज्ञान बोध गराउने उद्देश्यले ‘डोनेसन बुथ’ (दानकक्ष) समेत सन्चालन गरेको छ ।
जहाँ विद्यार्थी तथा अभिभावकले आफुले चाहेको खण्डमा त्यहाँ लत्ताकपडा दान गर्न सक्नेछन् ।
यसले गरिव र असाहय बालबालिकाहरुलाई सहयोग पुग्ने स्कुल व्यवस्थापन समितिका अध्यक्ष बामदेव न्यौपानेले बताए ।

…..

…..
डोनेसन बुथको माध्यमबाट विद्यार्थीमा मानविय भावना र सेवाको भावना विकास गर्न सहयोग गर्ने न्यौपानेले विश्वास व्यक्त गरे । कार्यक्रममा युरो वेवी जोन स्कुलले नेपालगन्जमा स्माट स्कुलको अबधारणालाई थप बलियो र विकसित गर्दै लगेको स्कुलका निर्देशक तथा संचालक कमल पछाईले बताए ।