रामलीलाको तयारी पुरा
Saturday, October 10th, 2026, 9:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ असोज
ऐतिहासिक तथा धार्मिक-सांस्कृतिक महत्व बोकेको नेपालगन्जमा हुँदै आएकाे रामलीलाकाे यस पटककाे तयारी पुरा भएकाे छ । १५९औँ शृङ्खलाका रूपमा यश पटक श्री रामलीला महा-महोत्सव हुन लागेकाे हाे ।
श्री रामलीला सञ्चालक समिति, नेपालगन्जका अध्यक्ष सन्ताेष कुमार कनाेडियाका यस वर्ष पनि उत्कृष्ट कलाकारहरूद्वारा रामलीला मंचन हुने भएको छ । भाेलि आईतवार घटस्थापनाका दिनदेखि सुरू हुने महा-महाेत्सव कार्यक्रम दिउँसो २ बजे साेभा यात्रा हुने र प्रत्येक दिन राती ८ बजेदेखि रामलीला मंचन सुरू अध्यक्ष कनाेडियाले बताउनुभयाे ।
कार्तिक ५ गते बिहीबारसम्म नेपालगन्जकाे बाँके बगियास्थित रामलीला मैदानमा चल्ने महोत्सवमा भगवान श्रीरामको जीवन, आदर्श, मर्यादा, त्याग, कर्तव्य तथा सत्कर्मलाई केन्द्रमा राखेर विभिन्न धार्मिक एवं सांस्कृतिक प्रस्तुति गरिनेछ । रामलीलाले समाजमा सद्भाव, शान्ति, नैतिकता तथा सकारात्मक संस्कार प्रवर्द्धनमा समेत योगदान पुर्याउँदै आएको समितिका अध्यक्ष कनाेडियाकाे भनाइ छ ।

……….
महोत्सवलाई व्यवस्थित, सुरक्षित र अनुशासित बनाउन दर्शकका लागि विभिन्न नियमसमेत लागू गरिएको छ । रामलीला परिसरमा धुम्रपान तथा लागुपदार्थ सेवन पूर्ण रूपमा निषेध गरिएको छ भने दर्शकलाई निर्धारित समयभन्दा अगावै आफ्नो स्थानमा बस्न अनुरोध गरिएको छ । यस वर्ष पनि ठूलो संख्यामा श्रद्धालु तथा दर्शकको सहभागिता रहने आयोजकको अपेक्षा छ।