माफी माग्यो नेपालगन्ज म्याराथनको आयोजकले
Sunday, December 11th, 2022, 8:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ मंसिर
शनिवार नेपालगन्जमा सम्पन्न ‘नेपालगन्ज म्याराथन’ कोसमाचार संकलन गर्न गएका पत्रकारलाई दुव्र्यवहारभएको घटनाप्रति महासंघ बाँकेको गम्भीरध्यानाकर्षण भएको जनाएको छ ।
नेपालगज्ज म्याराथनको समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि दुब्र्यवहार भएको हो । शनिवार विहान रिपोटिङका लागि पुगेका नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष रुद्र सुवेदीसहित आधा दर्जन पत्रकारमाथि आयोजकले दुब्र्यवहार गरेको थियो ।
रिपोर्टिङका क्रममा फोटो खिच्न पुगेको समयमा आफूसहित पत्रकारहरु खम्ब पुन, रविन्द्र घिमिरे, जावेद हल्वाई, गौरव गिरी लगायतलाई आयोजक क्रियटिभ ह्याण्ड्सका सौगात विक्रम शाहले दुव्र्यवहार गरेको पत्रकार महासंघका पुर्व अध्यक्ष सुवेदीले बताए ।
उक्त घटनाका विषयलाई लिएर महासंघको सहजीकरणमा आईतवार सम्बद्ध पक्षबीच छलफल गरिएको थियो । सो छलफलमा आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले पत्रकार माथि दुव्र्यवहार गर्ने नियत नभई ‘परिस्थितीजन्य घटना भएको’ भन्दै घटनाप्रति आयोजकका तर्फबाटआत्मआलोचना सहित क्षमायाचना गरेका थिए ।
नेपाल पत्रकार महासंघ बाँकेले आगामी दिनमात्यस्ता घटनाहरु पुनरावृत्ति नहुने वातावरण निर्माण गर्न प्रेस बिज्ञप्ति मार्फत सम्बद्ध सबै पक्षसँग माग गरेको छ ।
यसैविच सोहि प्रेस बिज्ञप्ति मार्फत नेपाल पत्रकार महासंघ बाँके शाखाका सह–सचिव एवं राप्तीसोनारी खबरडटकम अनलाइनका सम्पादक हेमन्त चौधरीलाई सिक्टा सब–डिभिजन वन कार्यालयकाप्रमुख सुनिल आचार्यले सार्वजनिकरुपमा दुव्र्यवहार भौतिक आक्रमणको धम्की दिएकोघटनाप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
२०७९ मंसिर २५ गते शनिवार राप्तीसोनारी गाउँपालिका वडा नं. ४ स्थित जानकीसामुदायिक वन उपभोक्ता समितिको भवन परिसरमा आयोजित साधारणसभामा उपस्थितसहायक वन अधिकृत आचार्यले समाचारको बिषय उठाएर ठिक गरिदिने धम्की दिएको कुरा उल्लेख गर्दै सो विज्ञप्तिमा– ‘समाचारको बिषयमा चित्त नबुझे वा कुनै फरक मत रहे कानूनी उपचारमा जाने बिकल्पहुँदा हुँदै जिम्मेवार सरकारी अधिकारीबाट पत्रकार चौधरी माथि भएको दुर्व्यवहार एवं भौतिकआक्रमणको धम्कीको नेपाल पत्रकार महासंघ बाँके शाखा निन्दा एवं भत्र्सना गर्दछ ।
उक्तघटनामा संलग्न सहायक वन अधिकृत आचार्यलाई कानुनी कारवाही गर्न महासंघ बाँकेसम्बन्धित निकायसंग जोडदार माग गर्दै निर्वाध र भयरहित वातावरणमा समाचार संकलन गर्नपाउने संबैधानिक अधिकारको सुनिश्चिता गर्न÷गराउन सम्बन्धित निकायसंग जोडदार मागगर्दछौं,’ भनिएको छ ।