‘टुर दि ठाकुरद्वार’को तयारी अन्तिम चरणमा
Monday, February 6th, 2023, 9:20 pm
Kalpristha
कालपृष्ड समाचारदाता
नेपालगन्ज, २३ माघ
‘टुर दि ठाकुरद्वार’को पाँचौ संस्करणको तयारी तिव्र गतिमा भैरहेको छ । पर्यटन व्यवसायलाई साईक्लिङ मार्फत प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगन्ज साईक्लिङ क्लबले आयोजना गरेको ‘टुर दि ठाकुरद्वार’को तयारी तिव्र गतिमा भैरहेको क्लवका अध्यक्ष सतिस निरौलाले जानकारी दिएका छन् ।
यहि माघ २६, २७ र २८ गते नेपालगन्ज साईकल फेष्टिवल अन्र्तरगत साइकल महोत्सव मनाईरहेको जानकारी दिंदै उनले सोहि अन्र्तरगत ‘टुर दि ठाकुरद्वार’ र ‘नेपालगन्ज किड्स रेस’को पनि आयोजना गरेको बताए ।
‘हामीले लगभग सबै तयारी गरिसकेका छौं । ‘टुर दि ठाकुरद्वार’को लागि रुट र त्यसमा आवश्यक पर्ने सबैखालको समन्वय गरिसकेका छौं । लगभग ९० प्रतिशत तयारी हाम्रो पुरा भईसकेको छ ।’– उनले भने ।
‘टुर दि ठाकुरद्वार’मा अन्तर प्रदेशिय साईकल यात्री र अन्तराष्ट्रिय साईकल यात्रीसंगै स्थानिय साईकल यात्री पनि सहभागि हुनेछन् भने, ‘नेपालगन्ज किड्स रेस’मा नेपालगन्ज उप–महानगरपालिका भित्रका १० बर्ष मुनिका बालबालिकाहरु सहभागी हुनेछन् ।
‘यसक्षेत्रमा सुरक्षित साइकल यात्रा र सहरमा साईकल लेनको बिस्तारका लागि दवाव दिन पनि यस कार्यक्रमले सहयोग पुग्ने छ । र साईक्लिङलाई हाम्रो संस्कृति र पर्यटनसँग जोडेर काम गर्ने हाम्रो मुख्य उद्देश्य हो । यसैका लागी पनि हामिले यो कार्यक्रमको अपरिहार्यता ठानेका छौं ।’– क्लवका अध्यक्ष निरौलाले भने ।
नेपालगन्ज साईक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करिब तिन सय जना साइकल यात्री बाँके र बर्दियाका पर्यटकीय गन्तब्य हुँदै बर्दिया राष्ट्रिय निकुन्ज क्षेत्रमा अवस्थित ठाकुरद्वारा पुग्ने छन् । ‘टुर दि ठाकुरद्वार’ साइकल यात्राको आयोजना गर्नुको उद्देश्य पर्यावरण मैत्री रुपले पर्यटन र संस्कृतिको संरक्षण गर्नु रहेको कार्यक्रम संयोजक प्रदिप सापकोटा बताउछन् ।
‘यस क्षेत्रलाई प्रवद्र्धन गर्ने र पर्यावरण पर्यटनको विकासमा टेवा पु¥याउने उद्देश्यले नेपालगन्ज साइक्लिङ क्लबले यो कार्यक्रम गरिरहेको छ ।’– सापकोटाले भने । यसका साथै साइकल यात्रीहरूलाई स्थानीय पर्यटकीय गन्तव्य घुमाउने, स्थानीय परिकार चखाउने र स्थानीय संस्कृतिसँग साक्षात्कार पनि गराउने उनले बताए ।
‘टुर दि ठाकुरद्वार’ साइकल यात्रामा भारतको बरेली, ओडिसा, लखनउ, मुम्बई, चन्डिगढ, लुधियाना, पन्जाब, नैनिताल, दिल्ली र कस्मिर लगायतका शहरबाट आएका अन्तराष्ट्रिय साईकलयात्री र राष्ट्रिय साईकलयात्रीहरु गरि करिब तिन सयजनालाई ‘सिटी सफारी समेत गराईने उनले जानकारी दिए ।
‘बागेश्वरी मन्दिरबाट सुरु हुने हाम्रो यात्रा त्रिभुवन चौक, गणेशमान चौक, खजुरामा रहेको सिमसार क्षेत्रबाट बढैयाताल अनि बाँसगढीको ओम केदारेश्वर मन्दिर अनि सतखलुवा तालहँुदै ठाकुरद्वारा पुग्ने छौं । पाहुनाहरुलाई २६ गते सिटीसवारी पश्चात त्यहाँ बाट पठाउने हाम्रो योजना छ । २७ गते र २८ गते भने बर्दिया राष्ट्रिय निकुञ्जको जङ्गल सफारी, हात्ती सफारी अनि नेपालकै लामो गेरुवा कर्णाली पुलको पनि अवलोकन गराउने छौं । साथै कर्णाली चिसापानी सम्म पनि पु¥याउने हाम्रो योजना छ ।’– उनले भने ।