पाँचौं ‘टुर दि ठाकुरद्वार’ को तयारी पुरा, बिहिबार बिहान किड्स रेस हुँदैं
Wednesday, February 8th, 2023, 8:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ माघ
पश्चिम नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण इभेन्ट्सको रुपमा स्थापित हुँदै गएको ‘टुर दि ठाकुरद्वार’को पाँचौ संस्करणको तयारी पुरा भएको छ । बाँके र बर्दियाका धार्मिक, पर्यटकीय गन्त्व्य र प्राकृतिक सम्पदालाई प्रवद्र्धन गर्दै आएको ‘टुर दि ठाकुरद्वार’को पाँचौ संस्करण अन्तर्गत बिहिबार किड्स रेस हुँदैछ । पाँचौं संस्करण अन्तर्गत माघ २६, २७ र २८ गते आयोजना गर्न लागिएको सबै इभेन्ट्सहरुको तयारी पुरा भएको आयोजक नेपालगन्ज साईक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी गराएका छन् । बुधबार आयोजकले नेपाल र भारतका पत्रकारहरुको उपस्थितीमा इभेन्ट्सको सबै तयारी पुरा भएको सार्वजनिक गरेको छ ।
बालबालिकालाई साईकलमा आर्कषित गर्न ‘टुर दि ठाकुरद्वार’ भन्दा पहिले बिहिबार विहान ‘नेपालगन्ज किड्स रेस’को आयोजना गरिएको अध्यक्ष निरौलाले जानकारी दिए । उनले भने, ‘हामीले सम्पुर्ण तयारी गरिसकेका छौं । नेपालगन्ज किड्स रेस नेपालगन्ज उप–महानगरपालिकाको वडा नं १ वाटरपार्कमा बिहान ८ वजे सन्चालन गर्नेछौ । जसमा करिव ३० जना वालवालिकाले प्रतिस्पर्धा गर्नेछन ।’ उक्त कार्यक्रममा प्रथम, द्वितिय र तृतिय हुने वालवालिकाले मेडल, प्रमाणपत्र र नगद तथा जिन्सी पुरस्कार प्राप्त गर्नेछन भने सहभागीले प्रमाणपत्र प्राप्त गर्नेछन् ।
माघ २७ गते विहान ७ वजे नेपालगन्जमा रहेको प्रसिद्ध धार्मिक शंक्तीपिठ वागेश्वरी मन्दिर बाट औपचारिक कार्यक्रम पश्चात साईकल यात्राको प्रारम्भ हुनेछ । वागेश्वरी मन्दिर बाट सुरु भई त्रिभुवन चोक, वि.पी. चोक, धम्बोजी चोक हुदै खजुरा, वढैयाताल, बासगढी सतखलुवा, बवई, भुरिगाँउ हुदै ठाकुरद्वारा सम्मको करिव १ सय किलो मिटरको यात्रा हुनेछ ।

………….
यस कार्यक्रममा विश्व साईकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाह तथा चर्चित वाईल्ड लाईफ फोटो ग्राफर चुङ्गवा सेर्पाको समेत सहभागिता रहनेछ । साथै टुर दि ठाकुरद्वारा ५औं सस्करणका अवसरमा ठाकुरवावा मन्दिर परिसरमा विभिन्न ५ प्रकार का विषेस विरुवा हरु रोपिने अध्यक्ष निरौलाले बताए । कार्यक्रम दुर दि ठाकुरद्वारामा सहभागी हुन नेपालका सातै प्रदेशबाट १ सय ४० र भारतका विभिन्न शहरहरुबाट २९ र स्थानिय १ सय ५ साईकल यात्री २ सय ७४ सहित अतिथी, सुरक्षाकर्मी, संचारकर्मी गरी ३ सय जनाको सहभागीता रहनेछ ।
माघ २६ गते वाहिरबाट आएका पाहुनाहरुलाई नेपालगन्जमा रहेको प्रसिद्ध धार्मीक शक्तीपिठ बागेश्वरी मन्दिरको दर्शन गराई यस क्षेत्रमा रहेका अन्य पर्यटकिय स्थलको अवलोकन साथै नगर परिक्रमा गराईने छ । यस कार्यक्रममा ४२ महिला साईकल यात्रीहरुको सहभागिता रहनेछ । छ बर्ष पहिला संगठित भई जिल्ला खेलकुद संघमा समेत आवद्ध भएको क्लव पश्चिम नेपालको साईक्लिङ चेन मार्फत स्वास्थ्य, खेलकुद, पर्यावरण वन्य जन्तु संरक्षणका साथै पर्यटन प्रवर्धन गर्ने एक सशक्त क्लबका रुपमा परिचित हुँदैछ ।
यस क्लबले साईक्लिङ मार्फत गुमनाम र गुल्जार भएका पर्यटकीय गन्तव्यहरुको व्यापक प्रचार–प्रसार गर्दै पुनर्जीवित गर्न महत्वपूर्ण भूमिका खेलेको छ । यसकासाथै क्लबले गुणात्मक एवं संख्यात्मक तवरले साईक्लिस्टहरु वृद्धि गर्ने हेतुले बिभिन्न साईक्लिङ सम्बन्धि खेल, विभिन्न दिवस एवं अवसरहरुमा साईक्लिङ सचेतनामुलक ¥याली, साईक्लिंग कोरा, यात्राका साथै विभिन्न सामाजिक उत्तरदायीमुखी कार्यक्रम समेत गर्दै आईरहेको छ ।
नेपालगन्ज साईकल उत्सव २०२३ को अनुमानित कुल लागत खर्च करिव २० लाख हुने आयोजकले जानकारी दिएको छ । उक्त कार्यक्रममा साईकल यात्रीहरुको दुई लाखको दुर्घटना विमा गरिएको छ ।
सहभागी साईकल यात्रीहरुको २ दिनको ठाकुरद्वारा बसाईका क्रममा २७ गते वर्दियाको पहिचान झल्किने लोक संस्कृती, थारु नाच सहित अन्य कार्यक्रमहरु गर्नुका साथै २८ गते वर्दिया राष्ट्रिय निकुन्जमा हात्ती सफारी, जिप सफारी, कर्णाली पुल र गेरुवा पुल लगायत त्यहाँका पर्यटकिय गन्तव्य हरुको अवलोकन गराईने छ र २९ गते विहान चिया, खाजा पश्चात सम्पुर्ण साईकल यात्री हरुलाई विदाई गरी कार्यक्रम को समापन गरिनेछ । कार्यक्रमलाई बाँके र वर्दियाका स्थानीय पालिकाहरु बाँके जिल्ला साईकल संघ, नेपाल पर्यटन वोर्ड, पर्यटन डिभिजन कार्यालय, फोन पे, नेपाल टेलिकम, राष्ट्रिय बाणिज्य बैक, नेपालगन्ज मेडिकल कलेज, वेष्टन हस्पिटल, विवाईडि ईभि, सगरमाथा सिमेन्ट, बवई रिसोर्ट, सिद्वार्थ होटल, प्रकृति संरक्षण कोष, लगायत विभिन्न व्यवसायिक प्रतिष्ठानहरुले सहयोग गरेको आयोजकले जनाएको छ ।