चर्चित गायक वाग्ले प्रदेश रत्नबाट सम्मानित
Friday, February 17th, 2023, 7:34 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, ५ फागुन
चर्चित गायक एवम् संगीतकार विपी वाग्ले लुम्विनी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश रत्न द्वितीयबाट सम्मानित भएका छन् । प्रदेश सरकारले आफनो स्थापना दिवसको अवसर पारेर विभिन्न पेशा र विधाको माध्यमबाट बिभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई सम्मानित गरेको छ ।
त्यसअन्तर्गत वाग्ले गीत र संगीत क्षेत्रमा महत्वपुर्ण योगदान गरेका कारण सम्मानित भएका हुन् । बिहिबार प्रदेश प्रमुख, मुख्य मन्त्री तथा मन्त्री एवम् सचिवको उपस्थितीमा संचालित प्रदेश स्थापना दिवस एवम् सुशोभन कार्यक्रम सम्पन्न भएको थियो ।

………
प्रदेश स्थापना भएको अवसरमा आयोजना गरिएको उक्त विशेष समारोहमा विभिन्न झाँकी तथा साँकृतिक नृत्य प्रस्तुत गरिएको थियो । त्यसपछि पदक वितरण गरिएको थियो भने लुम्विनी प्रदेश राजधानी राप्ती गाउँपालिका वडा नम्बर ३ दाङको श्रीचौरमा कार्यक्रम संचालन गरिएको थियो ।

………..
यसैगरी प्रदेश पदकबाट युवा गायक तथा संगीतकार वाग्लेले नेपाली गायन संगीतका क्षेत्रमा विगत १ दशक देखि राष्ट्र प्रेम, प्रकृति प्रेम, मायाँ प्रेमका संवेग, शिक्षा, स्वास्थ्य सम्वन्धि सचेतनात्मक गीतमा स्वर एवम् संगीत दिदैं आएका छन् । वाग्लेलाई शिक्षा, वातावरण, देशभक्ति, पर्यटन विधाहरूमा देशभक्ति तथा जनचेतनामूलक गायन र संगीतको माध्यमबाट सामाजिक जागरणमा सहयोग गरेर समाज रुपान्तरणमा योगदान गरे वापत नेपाल सरकारले विभूषित गरेको हो ।
करिव ६ दर्जन भन्दा बढी स्वदेशी, आधुनिक, पप, लोक पप, प्रकृति प्रेम लगाएत अन्य विविध गीत संगीतमा स्वर दिएका वाग्ले राष्ट्रिय गीत संगीतका क्षेत्रमा स्थापित गायक हुन् । वाग्लेका ‘हे आमा, मैले त कत्तिधेरै खोजें’, ‘आज तिहारको रमाईलो चाड’, ‘आज भोली आउँदिनौं तिमी’, ‘सिंगल छु घर पोखरा’, ‘रारा ओ रारा’, ‘नेटो काट्यो जवानीले’, ‘अशान्तमा म थिएँ’, ‘संजोगले भेटेको फेरी’ जस्ता गीतहरु चर्चित छन् ।