ई गाउँमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न
Friday, March 3rd, 2023, 6:36 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १९ फागुन
खजुरा गाउँपालिकाको ई गाउँमा भएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर ४ सय १ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । शुक्रबार खजुरा गाउँपालिका वडा नम्बर ४ स्थित मनकामना आधारभुत विद्यालय परिसरमा भएको शिविरमा २ सय ८० जना महिला र १ सय २१ जना पुरुषले स्वास्थ्य परिक्षण गराएका थिए । खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा ई गाउँमा एक दिने शिविर भएको थियो ।
शिविरमा पेट, हाडजोर्नी, नशा, बाथ, पाईल्स, फिसर, मलद्धार सम्बन्धी रोग, स्त्री रोग, बालरोग तथा छाला सम्बन्धी रोगहरुको निःशुल्क उपचार गरिएको थियो भने ८२ जनाको सुगर परिक्षण गरिएको थियो । एकदिने शिविरमा ३७ जनाको पाईल्स परिक्षण समेत गरिएको खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख किरण खनालले बताए ।
शुक्रबार खजुरा गाउँपालिका वडा नम्बर ४ अध्यक्ष टेक बहादुर रोकाय अध्यक्षमा भएको शिविरको कार्यक्रममा प्रमुख अतिथीका रुपमा खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, वडा सचिव र वडा सदस्यहरुको सहभागिता रहेको थियो ।
शिविरमा आएका बिरामीहरुलाई बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. अनिल कुमार चौधरी, डा. गीता रेग्मी, ल्याब टेक्निसियन जमुना गिरी, आयुर्वेद कविराज रोशन शर्मा, उर्मिला थारु, अन्जना थारुले चेकजाँच गरेका थिए । शिविरमा सबिना केसी, नन्दकला सुनार र इन्द्रजीत भंटराईले सहयोगीको भुमिका निर्वाह गरेका थिए ।

………….