जिल्लाबाटै ई–पासपोर्ट पाउन थालेपछि सर्वसाधारणमा खुशि
Friday, March 10th, 2023, 5:06 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, २६ फागुन
हिमाली जिल्ला डोल्पावाटै पहिलो पटक ई–पासपोर्ट पाउन थालेपछि सर्वसधारणमा खुशि छाएको छ । जिल्ला प्रशासन कार्यालयले पहिलो पटक जिल्लामै नागरिकको हातमा बिद्युतीय राहदानी थमाई दिन थालेपछि खुशियाली छाएको हो । गत माघ १० गते देखी नै जिल्लाबाटै राहादानीको फारम भर्न थालेपछि पहिलो पटक नागरिकले जिल्लाबाटै ई–पासपोर्ट पाउन थालेका हुन ।

…………..
बिहिबार दुईजनालाइ ई–पासपोर्ट दिएर सुरुवात गरेको छ । २३ जनाले फारम भरेर पठाएपनि १३ जनाको ई–पासपोट जिल्लामा आएकोमा दुई जनालाई भने बिहिबार वितरण गरिएको प्रशासनले जनाएको छ । जिल्लामै बिद्युतिय राहदानी पाउदा भने समय र आर्थिक दुबैको बचत हुनुका साथै सहज भएको पहिलोपटक राहदानी प्राप्त गरेका त्रिपुरा सुन्दरी नगपालिका ११ का गणेशमान पुनले बताए । यसअघि राहदानी लिन काठमाण्डौ जानुपर्ने र भनेको समयमा हजै पाउन नसकि महंगो पर्ने गरेको समेत पुनले बताए ।
२०७९ माघ १० गते गृहले जिल्लाबाटै राहदानी दिने ब्यवस्था गरेपछि नागरिकलाई घरको आगनमै रहेको प्रशासनवाट सहज रुपमा ई पासपोर्ट पाउन थालेका हुन् । जिल्लाबाटै ई–पासपोर्ट राहदानी बितरण हुने भएकाले जिल्लाका कुनै पनि नागरिकले काठमाण्डौ जानु नपर्ने र जिल्ला प्रशासनमा आएर सहजै ई–पासपोर्ट राहदानी लिन सकिने प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोखरलले बताए।
प्रजिअ पोखरेलका अनुसार ई–पासपोर्ट राहदानी लिन नागरिकले सक्कल नागरिकता सहित जिल्ला प्रशासनमा गएर नगद ५ हजारको बैँक भौचर भरि एकै दिनमा ई–पासपोर्टका लागि फर्म भरेको एक महिना पछि नागरिकले पासपोर्ट प्राप्त गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । डोल्पा जस्तो बिकट हिमाली जिल्लाका नागरिकका लागि ई–पासपोर्ट राहदानी लिन सबैको पहुच समान हुने भएको छ । पछिल्लो समय डोल्पाबाट पनि बैदेशिक रोजगारमा जानेको युवाको संख्या भने बढ्दो रहेको छ ।