युरो बेबी जोनका उत्कृष्ट विद्यार्थीहरु पुरस्कृत
Saturday, March 11th, 2023, 9:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ फागुन
युरो बेबी जोन स्कुलले आफ्नो सातौं वाषिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गरि युरो बेबी जोनले सातौं वार्षिक उत्सव र अभिभावक दिवस मनाएको हो । सो अवसरमा बोल्दै युरो बेबी जोनका प्रबन्ध निर्देशक कमल पछाईले अब आउने शैक्षिक सत्र २०८० को लागि आफुहरुले थुपै्र खालका योजनाहरु ल्याउने तयारी गरिरहेको बताए । ‘यस पटक हामीले निरन्तर शैक्षिक गतिविधि भन्दा फरक के गर्न सकिन्छ भन्ने विषयमा सोच्यौं र हामीले हाम्रा नानीबाबुहरुलाई प्रविधिमा पनि जोड्नका लागि त्यसखालको योजना बनाईरहेका छौं ।’– प्रबन्ध निर्देशक पछाईले भने ।

…………..
प्रविधिलाई शैक्षिक पाठ्यक्रममा जोडेर उनीहरुलाई शिक्षासँगै प्रविधिमा पनि जोडेर लैजाने योजना रहेको प्रबन्ध निर्देशक पछाईले बताए । यसका साथै भैरहेका अतिरिक्त क्रियाकलापसँगसँगै आउने बर्षबाट संगीत र योगलाई समेत जोडेर लैजाने तयारी विद्यालयले गरिरहेको पछाईले जानकारी दिए । मनोरन्जनको लागि मात्रै भनेर गरिने विद्यार्थीको शैक्षिक भ्रमणलाई सामाजिक, मानवियकुराहरु सिक्न सकिने गरि योजना बनाएर काम गर्ने उनले बताए ।
यस्ता भ्रमण आयोजनाहरुले विद्यार्थीमा सामाजिक चेतको विकास गर्ने भएकाले विद्यालयले यसखालका कार्यक्रमलाई जोड दिने युरो बेबी जोनकी प्रिन्सीपल निर्जला श्रेष्ठले बताईन् । सो अवसरमा विद्यालयले बर्षभरि गरेका कार्यक्रमहरु मध्य विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । जसमा यस बर्षकै उत्कृष्ट विद्यार्थीका रुपमा अवानी गौतम पुरस्कृत भईन् ।
यसैगरि उत्कृष्ट सहयोगीका रुपमा प्रज्ञान शाही, नियमितताका लागि श्रवण कुमार सिटौला, सर्मपित विद्यार्थीका रुपमा शिवानी चौधरी, अनुशासित विद्यार्थीका रुपमा सिमोन खत्री र कडा परिश्रमी विद्यार्थीका रुपमा साधवी ढकाल पुरस्कृत भएका थिए । उनीहरुलाई कार्यक्रमका सभापति तथा विद्यालयका अध्यक्ष बामदेव न्यौपाने, प्रमुख अतिथि प्राध्यापक डाक्टर जर्नादन आचार्य, एनप्याब्सन बाँके जिल्ला अध्यक्ष श्याम बहादुर कुँवर तथा उपाध्यक्ष चिरन्जिवी चन्द लगायतले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।