एमविविएसमा नाम निकालेका आचार्यलाई आदर्शले गर्यो सम्मान
Friday, March 17th, 2023, 6:26 pm
Kalpristha
कालपृष्ठ समाचारदात
नेपालगन्ज, ३ चैत
बाँकेको नेपालगन्जमा रहेको आदर्श माध्यमिक विद्यालयका विद्यार्थी सुवास आचार्यले एमविविएसको प्रवेश परीक्षामा नवौं स्थानमा नाम निकाल्न सफल भएका छन् । चिकित्सा शिक्षा आयोगद्वारा २०७९ मा प्रकाशित शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाअन्तर्गत स्नातक तहको एमविविएसको प्रवेश परीक्षमा नवौं स्थानमा नाम निकालेका हुन् ।
उक्त परीक्षमा देशभरबाट करिब १५ हजार बढी विद्यार्थी सहभागी थिए । प्रवेश परीक्षाको नतिजा पश्चात आचार्यलाई आदर्श माविले बिहीबार सम्मान गरेको आदर्शका विज्ञान संकालयका संयोजक चेत चापागाईले बताए । चापागाईका अनुसार आदर्शले आचार्यलाई सम्मान गर्दै पुरस्कारस्वरुप स्वास्थ्य सामर्गीसमेत प्रदान गरेको छ । उज्वल भविष्यका लागि आचार्यलाई अझ मेहेनत गर्न सम्मान गरेर हौसला प्रदान गरेको चापागाईले बताए ।
आचार्यलाई चापागाईसहित विद्यालयका सल्लाहकार प्रकाश लामिछाने, विद्यालय प्रमुख इश्वरप्रसाद पोखरेललगायतले सम्मान गरेका हुन् । सम्मानपश्चात आचार्यले आफूलाई थप हौसला प्रदान भएको र भाविष्यमा आफूले कडा मेहेनत गर्ने बताए । जुम्ला घर भएका अचार्या नेपालगन्ज उप-महानगरपालिकाको वडा नम्बर १८ मा बसोबास गर्छन् । उनले २०७७/७८ मा आदर्शबाट विज्ञान संकायमा १२ कक्षा उत्तिणर् गरेका थिए । आचार्यले कक्षा ५ देखि आदर्शमा अध्ययन गरेका थिए ।
यसका अलवा आचार्यले चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परिक्षामा विडिएसतर्फ नेपाल प्रथमसमेत भएका छन् । १२ कक्षा उत्तिणर् भएपश्चात आचार्यले विडिएस र एमविविएसको तयारी गरेका थिए ।
अघिल्लो वर्ष पनि आदर्शका २ विद्यार्थी एमविविएसमा नाम निमाल्न सफल भएका थिए । हालसम्म आदर्शबाट करिब १० जना विद्यार्थीले एमविविएसको प्रवेश परीक्षामा नाम निकालिसकेका छन् ।