स्वास्थ्य विमाको पहुँच नागरिकसम्म लग्दैं जगदुल्ला गाउँपालिका
Saturday, April 1st, 2023, 5:38 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, १८ चैत
स्वास्थ्य विमाको पहुँच नागरीकसम्म पुर्याउने उद्धेश्यले यहाँको एक पालिकाले सबै नागरीकको स्वास्थ्य बिमा गरिदिएको छ । जगदुल्ला गाउँपालिकाले सबै घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गरिदिएपछि नागरीकको पहुँच बिमामा पुगेको हो । बीमा कार्यक्रमको महत्व र फाइदा बुझेर गाउँपालिकाका सबैघरधुरी समेटिने गरी स्वास्थ्य बीमा गरिएको गाउँपालिकाले जनाएको छ ।
बीमा कार्यक्रममा आबद्ध सबैले बीमामार्फत बिभिन्न सेवासुबिधा पाउने र आबद्धता शुल्क समेत गाउँपालिकाले नै एकमुष्ठ तिरेर एकैपटक पाँच सय उनन्साठ्ठी घरपरिवारको स्वास्थ्य बीमा गरिएको पालिका अध्यक्ष नारासिं रोकायले जानकारी दिए ।
जगदरल्ला गाउँपालिकाले स्वास्थ्य बीमाका लागि उन्नाईस लाख अठ्ठाईस हजार ८५० रुपैया स्वास्थ्य बीमा बोर्डलाई भुक्तानी गरेको छ । समुदायस्तरमा कार्यक्रमको महत्व र फाईदावारे सर्बसाधारणले नबुझेकै कारण डोल्पामा बिमितको संख्या बढ्ननसकेको अवस्थामा जगदुल्लाले आफैले बीमा गराएर स्वास्थ्य बीमाको पहुँचमा नागरीकलाई ल्याउने प्रयास राम्रो भएको स्वास्थ्य बीमा बोर्डका जिल्ला संयोजक राजनकुमार डाँगीले बताए ।
स्वास्थ्य बीमा कार्यक्रम धेरै राम्रो भएकाले सबै स्थानीय तहले जगदुल्ला गाउँपालिकालाई अनसरण गरेर सबै नागरीकलाई यस कार्यक्रममा सहभागी गराउनु पर्ने पालिकाका निमित्त प्रमुख प्रशासकीय प्रमुख केशवराज जैसीले बताए ।