जानकीमा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
Saturday, April 15th, 2023, 6:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ बैशाख
बाँकेको जानकी गाउँपालिकाले नयाँ वर्ष २०८० तथा ईद मिलनको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । गाउँपालिका कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा लुम्विनी प्रदेश सभाका सदस्य बाद्शाह कुर्मीले बाँकेको ३ नम्बर क्षेत्रमा रहेको जानकी गाउँपालिकाको शिक्षा, स्वास्थ्य, कृषि र सडक बाटोको विकासलाई लुम्विनी प्रदेश सरकारबाट र व्यक्तीगत तर्फबाट पहल गर्ने बताए ।
कार्यक्रममा पालिका अध्यक्ष छब्बन खाँले पुराना कुरालाई बिर्सेर नयाँ वर्षमा नयाँ काम थाल्नुपर्ने बताए । साथै खाँले जानकी गाउँपालिकालाई उत्कृष्ट बनाउन नयाँ वर्ष २०८० ले सबै जना लाग्न प्रेरणा मिल्ने उनको विश्वास छ ।
कार्यक्रममा पालिकाकी उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकिय अधिकुत सिँहराज डाँगी, प्रवक्ता टिकानाथ यादव, वडा नम्वर ६ का अध्यक्ष जगदिश प्रसाद हरिजन, वडा नम्वर ४ का अध्यक्ष रमेश कुमार वर्मा, वडा नम्वर ३ का सदस्य उमेश कुमार कुर्मी, कार्यपालिका सदस्य राम आचल धोवी, शिक्षकहरु, विभिन्न राजनितिक दलका नेताहरु लगायतले आ आफनो धारण राखेका थिए । कार्यक्रममा पालिकाका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।