मण्टेश्वरी एशोसिएशन बाँकेको दोस्रो अधिवेशन सम्पन्न
Sunday, April 23rd, 2023, 6:34 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० बैशाख
मण्टेश्वरी एशोसिएशन बाँकेको बैशाख ९ गते शनिवार दोस्रो अधिवेशन सम्पन्न भएको छ । मण्टेश्वरी एशोसिएशन बाँकेकी अध्यक्ष लुना बुढाथोकीको अध्यक्षमा सम्पन्न दोस्रो अधिवेशनको वरिष्ठ पत्रकार तथा एशोसिएसनका सल्लाहकार पूर्ण लाल चुकेले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।
मण्टेश्वरी एशोसिएशनकी कोषाध्यक्ष खिमा थापामगरद्वारा सञ्चालित कार्यक्रममा सचिव दुर्गा बजगाईले स्वागत मन्तव्य व्यक्त गर्दै बाँकेमा मण्टेश्वरी एशोसिएसनको उद्देश्यको बारेमा प्रकाश पारेका थिए । सो कार्यक्रममा मण्टेश्वरी एशोसिएशनका सल्लाहकार वरिष्ठ पत्रकार पूर्णलाल चुकेले ११५ वर्ष अघि मारिया मण्टेश्वरीले ल्याएको अवधारणा अनुसारको शिक्षण विधि, पद्दति र सिकाईबाट कलिला बालबालिकाको भविष्य उज्वल गराउन सहायक सिद्ध हुने बताए ।
मंगल प्रसाद महिला कलेजका प्रमुख तथा सल्लाहकार रविन्द्र कर्णले म तपाईहरुलाई तालिम दिनमा हर समय सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका सदस्य रमेश सिटौलाले भने गैसस महासंघ र एचसीआरसी हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गर्नका लागि तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
सो कार्यक्रममा मण्टेश्वरी एशोसिएशन बाँकेकी सचिव प्रभा थापामगरले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । “बालबालिकाको पहिलो प्राथमिकता मण्टेश्वरी विधिमा केन्द्रित गराउनु हो” भन्ने मूल नारालाई आत्मसात गर्दै मण्टेश्वरी पद्दतिको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले वि.सं. २०७४ साल पौष २१ गतेका दिन बाँकेमा संस्थागत रुपमा “मण्टेश्वरी एशोसिएशन बाँके” गठन गरियो । संस्थापक अध्यक्ष लुना बुढाथोकीले तदर्थ समितिदेखि अहिलेसम्म सम्पूर्ण जिम्मेवारी बहन गर्दै एशोसिएशनलाई गतिशील बनाउने काम भएको बताए ।
उनले कोहलपुर नगरपालिकामा अभिभावक भेला तथा अभिभावक शिक्षा कार्यक्रम, शिक्षकहरुको क्षमता अभिवृद्धि तालिम, हरितालिका पर्वको विशेष कार्यक्रम, कोहलपुरमा एशोसिएशनमा आवद्ध ११ वटा मण्टेश्वरी बिद्यालयहरुको सहभागितामा मण्टेश्वरी विधि प्रदर्शनी कार्यक्रम, नेपालगन्जमा एशोसिएशनमा आवद्ध बिद्यार्थीहरुको उपस्थितिमा खेल प्रदर्शनी कार्यक्रम, नेपालगन्जमा एशोसिएशनका पदाधिकारी र स्मार्ट किड्स कम्पनी काठमाण्डौंका पदाधिकारीहरुका वीचमा शैक्षिक सामाग्रीहरुको प्रयोग र प्रभावकारिता विषयक अन्तरक्रिया लगायत थुप्रै कार्यक्रमहरु सम्पन्न गरेका जानकारी दिए ।
सो अधिवेशनमा बेवी ब्लुम मण्टेश्वरी, क्रियटिभ चिल्डे«न होम, स्माल हेभेन मण्टेश्वरी, लिटिल होराइजन, पव्लिक मण्टेश्वरी, खुशीघर मण्टेश्वरी, साइनिङ्ग स्टार मण्टेश्वरी खजुरा, ग्रेस मण्टेश्वरी, नोवेल प्रि मण्टेश्वरी, दि नेपालगन्ज पव्लिक लगायतको सहभागिता रहेको थियो ।
बजगाईको अध्यक्षतामा नयाँ समिति चयन
सोही अधिवेशनले एशोसिएशनको दुर्गा बजगाईको अध्यक्षतामा नयाँ कार्यसमति चयन गरको छ । उपाध्यक्षमा प्रभा थापामगर, सचिवमा खिमा थापा मगर, सह सचिवमा शकुन्तला मल्ल, कोषाध्यक्षमा सीता पौडेल, सहकोषाध्यक्षमा निशा शर्मा देवकोटा रहनु भएको छ । त्यसैगरि सदस्यमा निता गुप्ता, कल्पना पौडेल र आशार रोकाय रहेका छन् ।