डोल्पामा प्रहरीलाई मानव अधिकार बारे प्रशिक्षण
Tuesday, June 13th, 2023, 1:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डोल्पा, ३० जेठ
नागरिकलाई प्रवाह गरिने प्रहरी सेवालाई मानव अधिकारमैत्री बनाउन पहिलो पटक दुर्गम भेगमा रहेका प्रहरी युनिटलाई मानव अधिकार प्रशिक्षण दिइएको छ । त्रिपुरासुन्दरी नगरपालिका र ठुलिभेरीनगरपालिकाका विभिन्न क्षेत्रमा रहेका ६ वटा प्रहरी चौकीमा कार्यरत ४९ जना प्रहरीलाई मानव अधिकार प्रशिक्षण दिइएको हो ।
मानव अधिकारमैत्री सेवा र जघन्य कसुर सम्बन्धि घटनास्थलमा के कसरी मानव अधिकारमैत्री ब्यवहार संचालन गरी सेवा दिन सकिन्छ भन्ने विषयमा प्रहरी सहायक निरिक्षक खेमराज भट्टले प्रशिक्षण दिएका थिए । नेपाल प्रहरीको सेवा नागरिक र मानव अधिकार मैत्री बन्न नसकेको गुनासो नागरिकस्तरवाट आइरहेको बेला नागरिकलाई स–सम्मान मानव अधिकारमैत्री सेवा प्रवाह के कसरी दिन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको र यसले प्रहरी सेवा चुस्तदुरुस्त बन्न सहयोग पुग्ने त्रिपुराकोटका इन्चार्ज प्रहरी नायव निरिक्षक रुद्धबहादुर शाहीले बताए ।
दुई दिने प्रशिक्षणमा जुफाल विमानस्थल सुरक्षागार्ड इलाका प्रहरी कार्यालय करबगाड प्रहरी चौकी लिकु अस्थाई मसिनेचौर विमानस्थल सुरक्षागाड पहाडा कालागौडा र त्रिपुराकोट प्रहरी चौकी गरी ६ वाटा प्रहरी युनिटबाट प्रशिक्षणमा सहभागिता रहेको थियो ।