कस्तो नेतृत्व चाहन्छन वाणिज्य संघमा मतदाताहरु?
Friday, August 11th, 2023, 9:46 pm
Kalpristha
लक्ष्मी शर्मा गौडेल
नेपालगन्ज, २६ साउन
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन नजिकिएको छ । आगामी भदौ २ गते संघको निर्वाचन हुँदैछ । नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको मिति नजिकिएसंगै निर्वाचनको सरगर्मी समेत बढेको छ । यस समयमा सबै उम्मेद्वारहरु व्यवसायीको घरदैलोमा पुगिरहेका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि समावेशी प्यानल र साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह सहित केहि स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । दुबै प्यानलले आ–आफ्ना प्रतिबद्वता समेत सार्वजनिक गरिसकेका छन् ।
समावेशी प्यानलले सशक्त उद्योग वाणिज्य संघ, स्वस्थ व्यवसायी योजना, समानान्तर संस्थालाई निरुत्साहन, सद्भावमा नेतृत्वदायी भूमिका, समृद्ध आर्थिक क्षेत्र निर्माणका लागि लगानी सम्मेलन, नेपालगन्ज–दिल्ली उडान, सबल सीमा नाका तथा आयात–निर्यातमा समन्वय लगायतका मुद्दा समातेर व्यवसायीको सम्मुख गएको छ ।
यता साझा प्रजातान्त्रिक समुहले समेत आर्थिक मन्दीका कारणले उत्पन्न परिस्थितिले नेपालको निजी क्षेत्र समस्याग्रस्त अवस्थाबाट गुजिंदै आइरहेको अवस्थालाई चित्रण गर्दै व्यवसायीको हकहितको संरक्षण र उनीहरूको हकहितको लागि सम्बन्धित निकायमा दबाव दिनु पर्ने धारणा आफ्नो १८ बुदे प्रतिबद्वता पत्रमा समेटेको छ ।
यता खुला सिमा, बजारमा तरलताको अभाव, अव्यवस्थित कर प्रणाली तथा तस्करी लगायतका थुप्रै समस्याबाट आजित भैसकेका व्यापारी व्यवसायिक मुद्दा समाधानका लागि प्रतिबद्व नेतृत्व आओस् भन्ने चाहान्छन् । उनिहरु जसले जितेपनि आफ्ना प्रतिबद्वता अनुरुप नै व्यवसायीको हितमा काम गरुन् भन्ने चाहन्छन् ।
उम्मेदवारका प्रतिबद्वता अनुरुप नै विजेताले भावी दिनमा संघ

……….
को नीति, योजना र कार्यक्रम बनाएर संस्थालार्ई डो¥याउने भएकाले प्रतिबद्वताको महत्व पनि धेरै हुने गर्छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनबाट अब आउने नेतृत्व योग्य, सक्षम र व्यवसायीक हितका लागी काम गर्ने नेतृत्व आउनसके मात्रै बजार र व्यवसायी फस्टाउन सक्ने नेपालगन्ज स्थित केटीएम कलेक्सनका सन्चालक मनिसा रावल बताउँछिन् ।
‘भदौ २ गते हुन लागेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायिक हितका लागी योग्य र सक्षम नेतृत्व अहिलेको आवश्यकता हो ।’–उनले भनिन् ।
जसले व्यवसायीको हितमा काम गर्न सक्छ उसैले नेतृत्वमा आउन आवश्यक रहेको व्यवसायी दत्तप्रसाद आचार्य बताउँछन् । उम्मेद्वारहरुले आफ्ना प्रतिबद्वतामा लेखे अनुसार मात्रै काम गरिदिए मात्रै पनि धेरैहदसम्म व्यवसायीलाई राहत पुग्ने उनको भनाई छ ।
विशुद्व व्यवसायीको हकहित र समस्याका सवालमा काम गर्ने स्वायत्त संस्था नेपालगन्ज उद्योग वाणिज्य संघमा निर्वाचनका लागि उम्मेद्वार घोषणाको समयमा देखा परेको दलगत विवादले जितेर जानेहरुले दलको प्रभावमा नपरी व्यवसायीका लागि काम गर्ने कुरामा शंका उत्पन्न भएको अप्सरा होटल नेपालगन्जका सन्चालक रेशम पोखरेल बताउछन् ।
नेपालगन्ज उद्योग बाणिज्य संघमा नेपालगन्ज उप–महानगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका, राप्तिसोनारी गाउँपालिका र डुडुवा गाउँपालिकाका उद्योगी व्यापारीहरु मतदाता रहेका छन ।